• ८ मंसिर २०८१, शनिबार

वेस्ट हाम शीर्षस्थानमा

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै वेस्ट हाम र ब्राइटनका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, भदौ १० गते । वेस्ट हाम युनाइटेट इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्ट हाम शीर्षस्थानमा उक्लिएको हो ।

वेस्ट हामको जितमा जेम्स वार्डले १९औं, जारोड बोवेनले ५८औं र मिचेल एन्टोनियोले ६३ओं मिनेटमा गोल गर्नुभयो । ब्राइटनका पास्कल ग्रसले ८१औं मिनेटमा गोल फर्काए पनि टोलीको हार टरेन । लिगमा अपराजित यात्रा कायम राखेको वेस्ट हामले जितसँगै तीन खेलबाट सात अङ्क बनाएको छ ।

शीर्षस्थानमा रहेको वेस्ट हामले समान सात अङ्क बनाएको टोट्टनहाम र आर्सनललाई गोल अन्तरका आधारमा पछि पारेको हो । टोट्टनहाम दोस्रो र आर्सनल तेस्रो स्थानमा छ । पराजित ब्राइटन ६ अङ्कसहित चौथो स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा टोट्टनहामले एएफसी बर्नमाउथलाई उसैको मैदानमा २–० गोलले हराएको हो । यस्तै आर्सनल घरेलु मैदानमा फुलहामसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलले स्तब्ध बनायो । जितसँगै तीन खेलबाट ६ अङ्क बटुलेको युनाइटेड छैटौं स्थानमा छ । एजेन्सी