• २३ वैशाख २०८३, बुधबार

आर्सनल च्याम्पियन्स लिगको फाइनलमा

blog

काठमाडौँ, वैशाख २३ गते । इङ्लिस क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । 

घरेलु मैदानमा मरगलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा आर्सनलले स्पेनिस टोली एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो । समग्रमा आर्सनल २–१ गोलले विजयी भयो । 

यसअघि पहिलो लेग १–१ गोलको बराबरीमा रोकिएको थियो । आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि आर्सनल सन् २००६ मा फाइनलमा पुगेको थियो । 

आर्सनलको जितमा जितमा कप्तान बुकायो साकाले पहिलो हाफको अन्तिम मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । फाइनलमा आर्सनलले बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) मध्ये एक टोलीसँग खेल्नेछ । एजेन्सी