• १२ पुस २०८१, शुक्रबार

कांग्रेसको तीन र एमालेको दुई विषयगत समितिमा उम्मेदवारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदाै १० गते । संसदीय समितिको सभापतिमा नेपाली कांग्रेसले तीन सभापतिमा उम्मेदवारी मनोनयन गरेको छ । कांग्रेस सचेतक सुशीला थिङका अनुसार कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी मनोनयन भएको जानकारी दिनुभयो । 

त्यस्तै, नेकपा (एमाले) ले दुई समितिको सभापतिमा उम्मेदवारी दिएको छ ।  एमाले सचेतक महेश बर्तौलाका अनुसार सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा समाजिक मामिला समितिमा किरणकुमार साहको उम्मेदवारी दिइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार एमालेले तीन वटा समितिमा उम्मेदवारी दिने तर अर्को समितिबारे टुङ्गो लागिसकेको छैन । बर्तौलाले भन्नुभयो, “राष्ट्रिय सभासँग सम्बन्धित अर्को विषयगत समितिमा केही दिन पछि हुन्छ ।”