• १३ साउन २०८१, आइतबार

बिस वर्ष नपुग्दै ६३ जना अविवाहित युवतीबाट गर्भपतन

blog

अर्जुन काफ्ले

स्याङ्जा, भदौ १० गते । २० वर्ष उमेर पुगेपछि बिहेवारि गर्ने कानुनमा लेखिएको छ, तर यहाँ बिहे गर्ने उमेर पहिल्यै सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख वशुन्धारा शर्माले आब २०७९-८० मा एक हजार १६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर औषधि तथा उपकरण प्रयोग गरेर सुरक्षित गर्भपतन गराएकाका मध्ये ६३ जना २० वर्ष भन्दा कम उमेका रहेको बताउनुभयो । 

२० वर्ष मुनिका १८ जनाले वालिङ नगरपालिका, पुतली बजार नगरपालिकामा ११ जना, भीर कोट नगरपालिकामा ११ जना, आँधी खोला गाउँपालिकामा सात जनाले सुरक्षित गर्भपतन गराएका छन् । 

यस्तै चाप कोट नगरपालिकामा पाँच जना, हरिनाश, अर्जुन चौपारी र बिरुवा गाउँपालिकामा तीन तीन जना २० वर्ष उमेर नपुगेकाले गर्भपतन गराएका छन् । 

यस्तै काली गण्डकी गाउँपालिकामा दुई जना कम उमेरकाले गर्भपतन गराउँदा गल्याङ नगरपालिकामा र फेदी खेला गाउँपालिकामा भने २० वर्ष उमेर नपुगेकाले सुरक्षित गर्भपतन नगराएको शर्माले बताउनुभयो । 

कार्यालय प्रमुख शर्माले औषधि खुवाएर गराइने सुरक्षित गर्भपतन सेवा सजिलो सुलभ भएकाले यो पद्धतिको प्रयोगकर्ता बढ्दै गएको बताउनुभयो । 

सुरक्षित गर्भपतन गराउने सङ्ख्या धेरै रहेको बताउँदै शर्माले निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेहरूको सङ्ख्या जिल्ला स्वास्थ्यको तथ्याङ्क भन्दा अत्यधिक धेरै रहेको बताउनुभयो ।   

उमेर नपुग्दै विवाह र बिहे पहिल्यै असुरक्षित यौन सम्पर्कले गर्दा सुरक्षित गर्भपतन गर्ने गरेको बताउँदै शर्माले निजी अस्पताल तथा क्लिनिकमा पुगेर साना उमेरकाले गर्भपतन गराउनेको सङ्ख्या सोचे भन्दा धेरै रहेको दाबी गर्नुभयो । 

कानुनले दिएको उमेर भन्दा पहिल्यै बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको बताउँदै शर्माले सचेतनाको अभावले यो अवस्था देखिएको बताउनुभयो । 

सानैमा विवाह गर्नेका कारण समस्या धेरै रहेको बताउँदै शर्माले  सचेतना अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

गर्भपतन आमाको स्वास्थ्यको लागि जोखिम रहेको बताउँदै शर्माले गर्भपतन न्यूनीकरण गर्न सके आमाको स्वास्थ्य साथै आर्थिक भारमा कमी आउने बताउनुभयो । 

बिहे पहिल्यै असुरक्षित यौन सम्पर्क गर्नेको गर्भपतन गर्नेको सङ्ख्या अत्यधिक रहेको बताउदै सामाजिका रूपमा बच्नको लागि निजीमा पुग्ने गरेका छन् ।