वसन्त पराजुली
भरतपुर, भदौ ९ गते । शनिबार पिकनिक खान गएका भरतपुरका दुई जना त्रिशुली नदीमा वेपत्ता भएका छन् । भरतपुर मनपा २९ गाईघाटस्थित त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका दुई जना नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा १० निवासी वर्ष ३० का अर्जुन प्रधान र प्रविण श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक विजय पण्डितले जानकारी दिनुभयो । त्रिशुलीमा मुख धुने क्रममा नदीले उहाँहरुलाई बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ । दुवैजनाको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।