• १३ साउन २०८१, आइतबार

भेडा चराउन कृषकहरू हिमालको फेदीमा

blog

हिमालको फेदीमा कृषकले भेडा चराउँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,भदौ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्‍याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्‍याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् । 

समुन्द्री सतहदेखि ४ हजार ६ सय ६० मिटरको उचाइमा अवस्थित खयरभारानी थानमा पूजा र दर्शनका लागि जनैपूर्णिमाका दिन भक्तजनहरूको भीड लाग्ने गर्छ । थानमा मनोकाङ्क्षा पूरा भएपछि भेडा पाठाको बलि दिने प्रचलन छ ।