समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन्। सरुवा भई जाने र आउने प्रदेश तथा सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिका आधारमा सरुवा भएका कर्मचारी स्वीकृत दरबन्दीभन्दा बढी भएको भन्दै कतिपय स्थानीय तहले ती कर्मचारीलाई दरबन्दी भएकै कार्यालयमा फिर्ता पठाउन थालेका हुन्।
नेपाल राष्ट्र बैङ्कले रु १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रूपमा राष्ट्र बैङ्कले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।
अपिल घिमिरेले राप्ती नदी वरपर प्लास्टिक, सिसालगायतका फोहोर टिप्न थाल्नुभएको छ वर्ष बितिसकेको छ । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय घिमिरेको दिनचर्या बिहान उठ्नासाथ डोकोनाम्लो लिएर फोहोर टिपेर बित्ने गरेको छ ।
ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले संसदको विषयत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। रास्वपा नेता सन्तोष परियारले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार अपरान्ह ५ बजेदेखि बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो।
पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार शुक्रवार साँझ पौने ७ वजेतिर पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जल्याण्ड जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकार संस्था (जुरिज) को आयोजनामा हुने वित्तीय, सामाजिक, मानवता नीजि, सहकारी, समुदाय र हरितसम्बन्धी कार्यक्रममा भाग लिन उहाँ स्वीट्जल्याण्ड जान लाग्नुभएको हो ।
वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।”
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीमाथि चौतर्फी आक्रमण र भ्रम छर्ने प्रयास भएको दाबी गर्दै त्यसलाई चिर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ।
काठमाडौं उपत्यकासहित कर्णाली र सुदूरपश्चिम बाहेक पाँच प्रदेशमा भइरहेको वर्षा शनिबार बिहानसम्म नै जारी रहने भएको छ ।