नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यस वर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान गरिएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ।
बुटवलमा फागुनको २ देखि ६ गतेसम्म सञ्चालन हुन गइरहेको ११ औँ संस्करणको कृषि मेलामा विशेष आकर्षणको रूपमा पोर्क फेस्टिवल हुनेभएको छ ।
प्रदेश १ का उद्योग, वाणिज्य र सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि र उद्योगलाई उत्पादनमा र सहकारीलाई वितरणको माध्यम बनाउनुपर्ने बताउनुभएको छ ।
पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाबाटै अब सवारीचालक अनुमतिपत्र वितरण हुनेभएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका –४ रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न लागिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ ।
राष्ट्रिय चिया तथा कफीको विकास बोर्डको हिलेस्थित कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले कार्यालय लेखा प्रमुखले मात्र चलाउनु भएको छ ।
पाँचथरको अर्थे युवा क्लबले पुरस्कार बहिस्कार गर्ने पाथिभरा याङवरक भलिबल टिमलाई तीन वर्ष खेलमा सहभागी नगराउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पर्यटकीय क्षेत्रको विकासका लागि वर्तमान सरकार अग्रसर रहेको बताउनुभएको छ ।
सेजन अवार्ड प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि खुट्टिने क्रममा युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।
प्रतिनिधि सभा बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २०.२६ प्रतिशत रकम खर्च भएको छ ।