• ८ मंसिर २०८१, शनिबार

सफा गरौँ (कविता)

blog

सफा गर्छौं घर आँगन

सफा गर्छौं चोटाकोठा

सफा गर्छौं सुत्ने कोठा

सफा गर्छौं पूजा कोठा ।


सफा गर्छौं लुगाफाटो

सफा गर्छौं शरीर पनि

तर किन फोहोर राख्छौँ

सफा गरौँ दिमाग पनि ।


झटपट सफा गर्न मिल्छ

अरू ठाउँमा फोहोर गर्दा

समय निकै लाग्न सक्छ

कुविचारले दिमाग भर्दा ।


समयमै सफा गर्ने गरौँ

दिमागमा राम्रा कुरा भरौँ

मनैदेखि सफा गर्ने गरौँ

ज्ञानगुणका बीजलाई छरौँ ।