काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपानी आयोजनाबाट प्रभावित हुने सिँचाइ किसानले उक्त आयोजनाको विकल्प खोज्न माग गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो । सगरमाथाको नामले विश्वमा परिचित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको मुख्य भाषा नेपाली हो । नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिका आआफ्नै विशेषता रहेका छन् । सयौँ थुँगा फूलका हामी, रङ्गी विरङ्गी अर्थात् विभिन्न भाषा, संस्कृति र धर्मले अनेकतामा एकताको सन्देश प्रवाह गरेको छ । हिन्दुहरूको जनसङ्ख्या सबैभन्दा बढी रहेको हाम्रो देश विभिन्न संस्कृतिको सन्देशले धर्म नैतिकता र विश्वासमा अडिएको छ । कला, धर्म, संस्कृति, संस्कारले मुलुकको समृद्धिमा हाम्रो धार्मिक रीतिरिवाजले झन टेवा पु-याएको छ । संस्कृति संस्कारको धनी सुदूरपश्चिम प्रदेशको गौरा (गोःरा) पर्वले पनि भाइचारा र विश्वासको वातावरण सिर्जनामा महìवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् क्षेत्रको दिगो विकासका लागि सन् २०३५ को लक्ष्य रखेर दीर्घकालीन योजना तय गर्न लागिएको बताउनुभएको छ । ऊर्जा क्षेत्रलाई सो बेलासम्म कहाँ पु-याउने र कसरी पु-याउने भन्ने स्पस्ट रणनीति त्यसमा तय गरिने उहाँले जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा भएको पत्रकारहरूसँगको संवादमा मन्त्री बस्नेतले विद्युत् क्षेत्रको प्रगतिका लागि प्रतिक्षित विद्युत् विधेयक दुई साताभित्र संसद्मा पेस हुने जानकारीसमेत गराउनुभयो ।
रामेछाप नगरपालिका–८, माथिल्लो बाबियाखर्कमा ३६ लाख लिटरभन्दा बढी क्षमताको प्लास्टिक पोखरी उपयोगमा आउन सकेको छैन ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी नेतृत्वका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उहाँले सङ्घकोे संस्थागत विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो । आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म हुने सङ्घको महाधिवेशन हुँदै छ । लामो समयदेखि सङ्घमै रहेर नेपालको हित र महिला सशक्तीकरणको पक्षमा काम गर्दै आएकाले आफू अब सङ्घको नेतृत्वमै रहेर काम गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको अधिकारीले बताउनुभयो ।
सञ्चालनमा रहेका पुराना मुद्रालाई हटाएर नयाँ मुद्रा चलन चल्तीमा ल्याउने कार्यलाई नोटबन्दी भनिन्छ । मूलतः यो प्रक्रियामा सञ्चालनमा आएका ठुला दरका नोटलाई प्रतिबन्ध गरिन्छ र कुनै निश्चित समयभित्र बैङ्कलाई पुराना नोट दिएर नयाँ नोट लिन सरकार अथवा केन्द्रीय बैङ्कले सूचना जारी गरेको हुन्छ । कसैले तोकिएको समयसीमाभित्र नोट सटही गर्दैन भने त्यस्ता नोट अवैध हुन्छन् र चलन चल्तीमा आउन सक्दैनन् ।
इलामको उत्तर पूर्वी सिमाना जौवारिमा रहेको आलु विकास केन्द्रले नयाँ आलु खन्न थालेको छ । अहिले खन्न थालिएको आलुलाई केन्द्रले बीउका रूपमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ ।
हिजोआज खेतीपातीमा रासायनिक मल तथा कीटनाशक प्रयोग सामान्य बन्दै गएको छ । रासायनिक कीटनाशकको प्रयोगले धेरै समस्या ल्याउँछ । त्यो मानिसको स्वास्थ्य, माटो र पर्यावरण सबैका लागि जोखिम बन्दै गएको छ । रासायनिक कीटनाशकले मानिसको स्वास्थ्यमा भयङ्कर ठुलो नकारात्मक प्रभाव पार्ने कुरा पटक पटक प्रमाणित भएको छ । त्यस्ता घातक कीटनाशकले श्वासप्रश्वासमा ठुलो कठिनाइ उत्पन्न हुने, क्यान्सर जस्तो घातक रोग लाग्ने र निरन्तर थकाइ लागिरहने जस्ता बिमारीले आक्रान्त पार्ने कुरा लामो अनुभव सम्हालेका विभिन्न देशका ज्ञाता चिकित्सक, कृषिविज्ञ तथा वातावरणा विज्ञहरूले बताउँदै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं केन्द्रीय समितिका पदाधिकारीसँग बिहीबार राष्ट्रपति भवन शीतल निवासमा उहाँले भन्नुभयो, “यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा पहिलो पटक देखा परेको ‘पानामा’ रोग (टिआर–४) बारेमा थप अध्ययन गर्नका लागि छ सदस्यीय एक कार्यदल गठन गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । कार्यदलले यो रोगबाट बच्नका लागि के कस्ता उपाय अपनाउनु पर्छ, त्यसबारेमा पालिका, कृषि ज्ञान केन्द्र तथा किसानलाई जानकारी दिने जानकारीमूलक सन्देश तयार गर्ने छ ।
लेबनानमा नेपाली श्रमिकका लागि धेरै क्षेत्रमा अवसर रहेकाले श्रमिक लैजाने प्रस्ताव आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलबिच बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा सो लेबनानका तर्फबाट यस्तो प्रस्ताव आएको हो । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीका लागि मस्यौदा बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताउनुभयो ।
देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार रातिदेखि नियमित रूपमा प्याज भित्रिन थालेको छ । गत शनिबार भारतले प्याजमा ४० प्रतिशत निर्यात महसुल वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार थोरै आएर बजारमा भित्रिन छाडेको प्याज बुधबार रातिदेखि भित्रिन थालेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार साँझ २४५ मेट्रिक टन प्याज भित्रिएको छ भने बिहीबार साँझसम्म १५० मेट्रिक टन प्याज आएको छ ।
स्थानीय पाठ्यक्रमको प्रारूप तयार भएको पाँच वर्ष बित्नै लाग्दा पनि दोलखाका सबै स्थानीय तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु हुन सकेको छैन ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको सदरमुकाम कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र विपरीत दिशामा गुडिरहेको म.प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।