बाबुराम शर्मा
दोलखा, भदौ ८ गते । स्थानीय पाठ्यक्रमको प्रारूप तयार भएको पाँच वर्ष बित्नै लाग्दा पनि दोलखाका सबै स्थानीय तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु हुन सकेको छैन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्देश गरे अनुसार स्थानीय पाठ्यक्रम समयमा निर्माण गर्न नसक्दा विद्यालयमा पठनपाठन हुन नसकेको हो ।
दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका र शैलुङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण समिति मात्र बनाएका छन् । यस वर्षदेखि पाठ्यक्रम निर्माण गर्ने तयारी भइरहेको जिरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
गौरीशङ्कर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी प्रबोधीकरण (जानकारी गराउने) को तयारी गरिरहेको छ । यसपछि पाठ्यक्रम लागु गर्ने सोच रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमसेन विष्टले जानकारी दिनुभयो ।
वैतेश्वर गाउँपालिकाले कक्षा १–८ को पाठ्यक्रम तथा निर्देशिका तयारी गरिसकेकाले यस वर्षदेखि पठनपाठन गर्ने तयारीमा रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनक अधिकारीले जानकारी दिनुभयो ।
मेलुङ गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम समिति निर्माण गरी १–५ को पाठ्यक्रम निर्माण गरेर लागु गरेको छ भने कक्षा ६–८ को पाठ्यक्रम बनाउने तयारी गरिरहेको पालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाले बताउनुभयो ।
बिगु गाउँँपालिकाले कक्षा १–५ को बिगु स्थानीय पाठ्यक्रम तयार पारेको छ भने कक्षा ६–८ को पाठ्यव्रmम निर्माणको चरणमा रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले जानकारी दिनुभयो ।
तामाकोशी गाउँपालिकाले कक्षा १–८ को स्थानीय पाठ्यक्रम निर्माण गरी यस वर्ष पाठ्यपुस्तक निर्माण गर्ने तयारीमा लागेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्दबहादुर डिसीले बताउनुभयो ।
भीमेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम अनुसारको ‘भीमेश्वर सेरोफेरो’ नामक पाठय्पुस्तक पठनपाठनमा ल्याएको छ । शैक्षिक सत्र–२०८० मा नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा यो पाठ्यपुस्तक पठनपाठनमा आएको नगरका स्रोत शिक्षक सुन्दर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार साझा प्रकाशनले १ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छपाइको जिम्मा लिएकोमा कक्षा १ र २ को पठनपाठन सुरु भइसकेको छ । कक्षा ३ देखि ५ सम्मको छपाइ भइरहेको छ । यी कक्षामा पनि यथाशीघ्र पठनपाठन हुने तयारी भइरहेको छ । जिल्लामा स्थानीय पाठ्यपुस्तक लागु गर्ने यो पहिलो स्थानीय तह बनेको छ । नगरले स्थानीय प्रेसबाट कक्षा ६, ७ र ८ का पाठ्यपुतक छपाइ गरेको हो । नगरका स्रोत शिक्षक खड्काले भन्नुभयो, “राष्ट्रिय पाठ्यव्रmम प्रारूप कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यव्रmमबमोजिम पाठ्यपुस्तक तयार भएका हुन् । नगरका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन हुने व्यवस्था रहेको छ ।”
यो स्थानीय पाठ्यपुस्तकमा १३ वटा विषय क्षेत्र रहेका छन् । कक्षागत हिसाबमा ८ देखि १२ वटा विषयवस्तु राखिएका छन् । नगरभित्रका कला, संस्कृति, भाषा, भूगोल, पर्यटकीय स्थल यसमा समेटिएका उहाँले जानकारी दिनुभयो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले शिक्षामा भएका नवीनतम परिवर्तन, देशको राजनीति तथा सामाजिक परिवर्तन र स्थानीय आवश्यकताका आधारमा विद्यालय शिक्षाको पाठ्यव्रmम तयार गर्नुपर्ने निर्देश गरेको छ ।
यसमा स्थानीय तथा विश्वव्यापी आवश्यकताको सन्दर्भलाई दृष्टिगत गर्दै सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक बनाउन, प्राविधिक शिक्षाको विस्तार गर्ने, जीवनोपयोगी सिपलाई एकीकृत गर्ने, सिकाइलाई व्यावहारिकतासँग आबद्ध गर्ने र ज्ञान तथा सिपलाई उत्पादनसँग जोड्ने कार्यलाई महŒव दिने दृष्टिकोणलाई यस प्रारूपले आत्मसात् गरेको छ ।
यसले विविधतालाई सम्बोधन, मानव अधिकारको प्रत्यभूति र समावेशितालाई आत्मसात् गर्ने प्रयास गरेको छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेको प्रतिबद्धता एवं सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा शिक्षाको पहुँचलाई समावेशी र समतामूलक बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशातर्फ प्रारूपले मार्गनिर्देश गरेको छ । यस प्रारूपले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत नवीन आयाम समावेश गरी कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम, कक्षा ४ देखि ८ सम्म सक्षमतामा आधारित र कक्षा ९ देखि १२ सम्म एकल पक्षीय पाठ्यक्रम ढाँचा अवलम्बलन गरेको छ । विद्यार्थीमैत्री वातावरणमा सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, सिकाइमा विद्यार्थीको सक्रिय सहभागिता कायम गर्ने, सिकाइ व्रिmयाकलापमा विविधता कायम गर्नेलगायतका कार्यद्वारा सिकाइ प्रक्रियामा सुधार गर्ने लक्ष्य लिइएको छ ।