• २५ वैशाख २०८१, मङ्गलबार

टर्कीको डढेलो नियन्त्रणमा : चार हजार ८० हेक्टर जमिनमा क्षति

blog

टर्की, भदौ ८ गते । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनुभएको हो । उहाँले आगलागीबाट ११ वटा गाउँ र कैयौँ घरहरुमा क्षति गरेको जानकारी दिनुभयो । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट चार हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ ।

डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । तीमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेस्काेले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । सिन्ह्वा