• ३१ वैशाख २०८२, बुधबार

गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँ : सभापति देउवा

blog

टुँडिखेलमा आयोजित गौरा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ । 

बिहीबार काठमाडौँमा आयोजित गौरा पर्वको अवसरमा एक कार्यक्रममा बोल्दै उहाँले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताउनुभएको हो । 

उहाँले गौरा पर्वको दिन बिदा दिनका लागि तिथि भन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताउनुभयो । उहाँले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘यो सत्य कुरा हो कि गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा पनि मनाउने चलन छ । गौरा पूजा गर्नै चलन छ । अर्को कुरा देउडा पनि सुदूरपश्चिम, उत्तराखण्डको केही भाग र नेपालको सुदूरपश्चिम र कर्णाली देउडाको थलो छ । देशभर नै पर्व पलपुर भएको छ । राष्ट्रिय बिदाको कुरा छ, यसको सम्बन्धमा के अप्ठ्यारा छन्, कुन दिनलाई गौरा मान्ने ? कुन गतेलाई गौरा पर्व मान्ने ? तिथिमा हुन्छ, कुन दिनलाई गौरा मान्ने भन्ने तपाईँहरू छलफल गर्नुहोस्, मिलाउनुहोस्, त्यही दिन प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, त्यही दिनमा राष्ट्रिय गौरा पर्व मनाउने घोषणा गर्नुहुनेछ प्रधानमन्त्रीले । तिथिको आधारमा होइन, तिथि आज एउटा गते पर्छ, भोलि अर्को हुन्छ, त्यसैले दिन सल्लाह गरेर प्रधानमन्त्रीलाई भन्नेछु । हाम्रो लागि यो गौरवको विषय हो ।’’

सभापति देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताउनुभयो ।