नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई विदेशी प्रशिक्षकले कृषिसम्बन्धी तालिम दिन सुरु गरेको छ ।
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ ।
सुन्दर ऐतिहासिक लोमान्थाङ मौलिक संस्कृतिको उद्गमस्थल पनि हो ।
राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।
सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक अन्य अवरोध नभए मङ्गलवार अपराह्न सम्म एकतर्फी खोल्न सकिने सडक डिभिजन भरतपुरले जनाएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित बर्दिबास औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।
चीनमा जनक्रान्ति सफल भएपछि विकासमा फड्को मार्नका लागि सञ्चालित ‘द ग्रेट लिप फर्वार्ड’ मा उठाइएका अभियानमध्ये चार विनाशकारी किट ‘फोर पेस्ट्स क्याम्पेन’ को प्रभावले उल्टै चीनमा ठूलो भोकमरीको अवस्था सिर्जना भएको थियो। सन् १९५८ मा माओ जेदोङले ‘द ग्रेट लिप फर्वार्ड’ सुरु गरेका थिए।
माउन्ट अगस्तस नाम राखिएको भए पनि यो पहाड चाहिँ होइन, बरु विशालकाय चट्टान/ढुङ्गा हो। अस्ट्रेलियाको समुद्री क्षेत्रबाट टाढा आउटब्याकमा यो चट्टान रहेको छ। यो २३ सय फिटभन्दा अग्लो छ र एक सय ६० किलोमिटर टाढाबाट पनि यसलाई देख्न सकिन्छ। माउन्ट अगस्तस एक अर्ब ६५ करोड वर्ष पुरानो भएको अनुमान गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।”
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित हुनु आवश्यक रहेको बताउनुभएको छ ।
मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।
आवश्यक स्रोत सुनिश्चित नहुँदा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको तेस्रो तथा अन्तिम चरणको भवन निर्माणमा अन्योल उत्पन्न भएको छ । सात हजार कैदीबन्दी राख्ने क्षमतासहितको यो कारागार निर्माणको पहिलो र दोस्रो चरणको काम सम्पन्न भएको छ ।
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा सुरु भएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न (गहुँ, मास, गहत, गोरस र कलउँ) बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’ का रूपमा लिइन्छ।