नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलबाट छिरेको सुन प्रकरण रहस्यपूर्ण रहेको बताउनुभएको छ ।
प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व परम्परा अनुसार कपिलवस्तुमा पनि नागको पूजा गरी मनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलङ्का, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरूसँग ‘लबिङ’गर्नुभएको छ ।
तानसेन नगरपालिकाले घर टहरा भत्काएको दरबार परिसर व्यवस्थित गर्ने काम सुरु गरेको छ । नगरपालिकाले घर टहरा भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम गर्न लागेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गर्न माग गरेको छ ।
दिलासा राना र रिहाना शेरचनको जोडी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
जुम्लाको पातारासी गाउँपालिकाकी एक महिला घट्ट गएका बेला बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ ।
गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी लेखरचनाको प्रतिस्पर्धामा उत्कृष्ट भई पुरस्कृत हुनुभएको छ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक(डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको विरोधका बीच प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुभएका प्रदेशसभा सदस्य इस्राइल मन्सुरले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रस्तुत गर्नुभएको विश्वासको मत पारित भएको घोषणा गर्नुभएको छ ।
चिकित्सा शिक्षासँग सम्बन्धित समस्या समाधानको माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालकहरू १० दिनदेखि धर्नामा बसेका छन् ।
आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।
नेकपा (एकीकृत समाजवादी) को आइतबारदेखि सुरु भएको पोलिटब्युरो बैठक सोमबार सम्पन्न भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी संगठनहले प्रस्तावित शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरूको प्रतिनिधि मण्डल थाइ नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।