• २३ वैशाख २०८३, बुधबार

महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २३ गते ।
महिलामाथि सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी ले पुतलीबजार नगरपालिका–९ निवासी २० वर्षीय दिवस सुनारलाई पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सुनारले मोटरसाइकलमा लिफ्ट दिएर एक महिलालाई सार्वजनिक सडकखण्डको एकान्त स्थानमा लगेको र फोन नम्बर मागेको आरोप छ। फोन नम्बर दिन अस्वीकार गरेपछि उहाँले शरीरको तल्लो भागको कपडा खोली अश्लील हर्कत गरेको भन्दै पीडितले उजुरी दिनुभएको थियो।

उजुरीपछि फरार हुने प्रयास गरिरहेका सुनारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।