यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विज्ञापन नियमावली संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा विज्ञापन नियमावली संशोधन भएको हो । विज्ञापन बजारमा मौलाउन थालेको अपारदर्शिताको अन्त्य गर्न सञ्चारमन्त्री शर्माले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लग्नुभएको थियो ।
भीमेश्वर नगरपालिका–३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा सुरु भएको ‘हनुमान कथा वाचन सुन्नका लागि भक्तजनको भिड लागेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् ।
चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ ।
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उहाँको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो ।
आफ्ना दुई खुट्टाले मात्रै शरीर धान्न नसकेपछि स्टिलका चार वटा खुट्टा भएको ‘वाकर’ को सहारामा बसेको ठाउँबाट थरथराउदैँ उठ्नुभयो ८४ वर्षीय श्रीराम पावे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तवजनको भीड लागेको हो ।
झापाको बुद्धशान्तिमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । आइतबार बिहान एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो ।
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले वृहत महोत्सव गर्न थालेको हो ।
वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।