• २० असोज २०८१, आइतबार

सिंजा केदारनाथ बुदबुदी महोत्सव हुने

blog

सिंजाको केदारनाथ बुद्धबुद्धिमा गाउँपालिकाको तयारी बैठक । तस्बिर : नेत्र शाही।

नेत्र शाही  

जुम्ला, भदौ ३ गते । जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ मेला भव्य रुपमा मनाउने चलन छ । सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथ महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किराँतीले गर्नुहुनेछ ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हरेक वर्ष भदौ १० गतेका दिन लाग्ने उक्त मेला यस वर्ष प्रचारप्रसारको हिसाबले पनि मेला आयोजना गरिएको छ । उहाँका अनुसार महोत्सव सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा सिजा गाउँकार्यपालिकाको बैठक सम्पन्न भई तयारी भइरहेको छ । 

ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले बृहत् महोत्सव गर्न थालेको हो । महोत्सव स्थलमा मन्त्री किराँतीसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्लास्थित सरोकार निकायहरु, तीर्थालुहरु र सञ्चार माध्यमको सहभागिता रहनेछ । 

एकादशीका दिनमा त्यहाँ बृहत् धार्मिक मेला लाग्ने, अन्य साना मष्टाको थानको भारा सफा गर्ने, शुद्ध बनाउने, त्यहाँ नुहाएर अन्य गाउँका आ–आफ्ना थानमा जल लिएर जाने धार्मिक प्रचलन छ। कर्णाली मष्टोको मुहानसमेत भएकाले केदारनाथ बुदबुदी जस्तै मष्टाका सयौं धार्मिक मेला एकादशीबाट सुरु हुने भएका धार्मिक अगुगा देवीप्रसाद सिम्खडाले जानकारी दिनुभयो ।