समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
लुम्बिनी बौद्ध विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्दै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चार संस्थाले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल भिक्षु महासङ्घ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्ध (वज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।
करिब सय वर्षभन्दा अघि थाइल्यान्डमा पुगेका नेपाली आप्रवासीको इतिहास र वर्तमान अवस्थाबारे लेखिएको पुस्तक सार्वजनिक गरिएको छ। थाई नेपाली सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा डा. जगमान गुरुङ, सङ्घका अध्यक्ष वाडसना राई, संरक्षक कुमार कार्कीलगायतले ‘थाइल्यान्डमा नेपालीहरूको इतिहास’ नामक पुस्तक लोकार्पण गर्नुभएको हो। नेपाली र अंगे्रजी भाषामा ऐतिहासिक तस्बिरसहित पुस्तक तयार भएको छ।
राष्ट्रिय महिला आयोगले नेपाली महिलाको समग्र अवस्थाबारे विश्लेषणात्मक अनुसन्धानसहित पुस्तक प्रकाशित गरेको छ । आयोगद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यव्रmममा आयोगले प्रकाशित गरेको पुस्तक ‘नेपालमा महिलाको अवस्था’ को दोस्रो अङ्क हो ।
‘भष्मे डन’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ को भूमिकामा अभिनय गर्नुभएका विपिन कार्कीलाई चित्रण गरिएको छ। त्यस्तै दोस्रो पोस्टरमा विपिनसँगै अन्य पात्रलाई पनि चित्रण गरिएको छ।
अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असारसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपियाँ रहेको थियो ।
बाढीपहिरोले क्षति पुर्याउने भन्दै मेलम्ची खानेपानी आयोजनाको पानी बन्द गरिएपछि काठमाडौँमा बागमतीको पानी वितरण गरिएको छ । बाढीपहिरोले विगतका वर्ष झैँ आयोजनाको हेडवक्र्स र सुरुङमा क्षति पुर्याउन नदिन पूर्वतयारीस्वरूप असारको पहिलो हप्तादेखि मेलम्चीको पानी वितरण प्रणाली बन्द गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी वितरण सुरु नहुन्जेल काठमाडौँमा पानीको समस्या हुन नदिन अस्थायी रूपमा बागमतीको पानी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार छिट्टै सुरु हुने बताउनुभएको छ। नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहको शक्रबार उद्घाटन गर्दै उहाँले चालु आर्थिक वर्षभित्र बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरु हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबिच सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्या समाधान गर्न प्राविधिक शिक्षालय सञ्चालकले सरकारसँग माग गरेका छन् । आफूहरूको माग पूरा गर्न दबाब दिने उद्देश्यले निजी प्राविधिक शिक्षालय सञ्चालकहरूले राजधानीमा धर्ना कार्यव्रmमसमेत सुरु गरेका छन् । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नै गठन गरेर उनीहरूले माइतीघरमा धर्ना सुरु गरेका हुन् । चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थाले मुलुकभरका थुप्रै नर्सिङ तथा अन्य शैक्षिक संस्था बन्द भएका तथा यसका कारण अर्बौं रुपियाँ लगानी डुबेको शिक्षालय सञ्चालकहरूको भनाइ छ ।
स्वास्थ्य ऐन अनुसार चिकित्सकलाई सरकारी सेवा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्नुपर्ने माग गरिएको छ । विभिन्न प्रदेशमा विज्ञापन गर्दा ४० वर्ष उमेर हद तोकेको भन्दै त्यसलाई सच्याएर ४५ वर्ष कायम गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आगामी दिनमा प्रकाशित गरिने पदपूर्तिसम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐनबमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा समेत उमेर हदलाई नसच्याएको बताउनुभयो ।
ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी र लेउ देखिन्छ। रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन्। छानो भत्किएको छ, घरको धुरीबलो र झ्यालढोका मक्किएका छन्। बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टि रहेको रातोढुङ्गा गाउँको यो दृश्य देख्ने जोकोहीको मन कटक्क खान्छ।