• ९ मंसिर २०८१, आइतबार

‘नेपालमा महिलाको अवस्था’ लोकार्पण

blog

काठमाडौँ, भदौ २ गते । राष्ट्रिय महिला आयोगले नेपाली महिलाको समग्र अवस्थाबारे विश्लेषणात्मक अनुसन्धानसहित पुस्तक प्रकाशित गरेको छ । आयोगद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आयोगले प्रकाशित गरेको पुस्तक ‘नेपालमा महिलाको अवस्था’ को दोस्रो अङ्क हो । 

महिलाको राजनीतिक, निजामती क्षेत्र, सुरक्षा निकाय, न्याय क्षेत्र, स्वास्थ्य क्षेत्रलगायत विभिन्न क्षेत्रमा संलग्नताको विश्लेषणात्मक अनुसन्धान गरी तथ्याङ्कसहित प्रकाशित पुस्तक समग्र नेपाली महिलाको अवस्थाबारे जानकारी दिन सफल हुने आयोजकले जनाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले पुस्तकबारे चर्चा गर्दै आयोगले समावेशिताका नजरमा स्थानीय तह सदस्य निर्वाचन–२०७९ र प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सम्बन्धमा लेखिएका लेखबारे आफ्ना धारणा राख्नुभयो ।