प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ ।
नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ ।
हेटौँडा उपमहानगरले ५४ औँ हेटौँडा नगर स्थापना दिवस मनाएको छ । २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायत स्थापना भएको आधार वर्ष मानेर पहिलो पटक हेटौँडा नगर स्थापना दिवस मनाइएको हो ।
प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न प्रेस सेन्टर बाँकेको साधारणसभा तथा विशेष अधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताउनुभएको छ । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मङ्गलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।
न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौँ घरहरू विद्युतविहीन हुनुका साथै उडानहरू अवरुद्ध भएका छन् ।
भारतमा भएको सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर –७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु हो ।
बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वमा विस्थापन भएको फुकोट प्रहरी चौकी पुनर्स्थापना गरिएको छ । विस्थापन भएको २४ वर्षपछि फुकोट प्रहरी चौकी पुनस्र्थापना गरिएको हो ।
स्याङ्जाको वालिङ नगरपालिकाले बजारमा अव्यवस्थित रुपमा रहेका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न सुरु गरेको छ ।
टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् ।
काठमाडौं आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको छ । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टोखा नगरपालिका–३ आदर्श टोलस्थित नवदीश्रित पाठशालाको अभिभावक तथा वार्षिक दिवस सम्पन्न भएको छ ।
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । दुईदिने नेपाल भ्रमणमा उहाँ आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो ।