काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ
वागमती प्रदेश सभाका सांसदले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध सामुहिक आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जागरण मिडिया सेन्टरद्वारा शक्रबार सम्पन्न अन्तरक्रियामा दलित समुदायमाथि अहिले पनि भेदभाव कायमै रहेको भन्दै छुवाछूतविरुद्ध कानुन निर्माणलगायतका सवालमा आफूहरुको एउटै आवाज हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
झापाको दमक वडा ७ मा ४३ करोडभन्दा बढीको लागतमा दमक नगरपालिकाले बनाउन सुरु गरेको ‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम सुरु हुन नपाउँदै विवाद भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा देखिएको हरियाली धान खेतको फाँट । यो क्षेत्र धान खेतका लागि उर्वरा भूमि मानिन्छ । तस्बिरः मणिराम दाहाल/रासस
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दृढ इच्छाशक्तिका साथ काम गरेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । गण्डकी प्रदेश नीति आयोगद्वारा पोखरामा शुक्रबार आयोजित प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको तर्जुका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कोशी प्रदेश सरकारले जारी गरेको बजेट सम्बन्धी अध्यादेश शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट स्वीकृत भएको छ।
पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले दुई जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी केन्द्रीय समितिले शुक्रबार बाबुराम गौतम र आशोककुमार मण्डललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य उपचार सुरु गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठनागरिकको घरमै पुगेर आवश्यक स्वास्थ्य सेवा सुरु गरेको हो ।
नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ।
वर्षाका कारण खानेपानी मुहानको पाइप बगाउँदा नुवाकोट सदरमुकाम विदुरलगायत नगरक्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ ।
रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेका नयाँ लगानीकर्ताले सरकारलाई सबै कर तिर्ने घोषणा गरेका छन् । गैर आवासीय समूहको टीमले रिसोर्टमै पत्रकार सम्मेलमार्फत सबै प्रकारका कर तिर्ने अध्यक्ष बुद्धिसागर सुबेदीले बताउनुभयो ।
दैलेखका ग्रामीण क्षेत्रमा मकै बाली जोगाउन मुस्किल परेको कृषकको भनाइ छ । जंगली जनावरले बाली पाक्नु अगाडि नै खाएर नष्ट गर्ने समस्याका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको हो ।
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्शा शिक्षामा देखिएको समस्या समाधानको माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालकहरु धर्नामा बसेका छन्।