सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा तीज पर्वको चहलपहल सुरु भएको छ । कैलाली र कञ्चनपुरमा बसोबास रहेको यो समुदाय भदौ २ गते तीज पर्व मनाउँदैछन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ ।
दुई सयभन्दा बढी बङ्गलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले रु पाँच अर्ब ९६ करोड बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।
सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभयो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ ।
केही समयअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा छिमेकीले कुखुराका खुट्टा भाँचिदिएको भन्दै निवेदन दर्ता भयो । निवेदनपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गरायो । छलफलपछि दुवैजनाबीच सहमति भयो र विवाद टुङ्गियो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती सेवा ऐन ठूलो आर्थिक दायित्व पर्ने गरिका सहुलियत र सुविधाहरुलाई समावेश गरेर नआउने बताउनुभएको छ ।
क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भ भएको ठाउँमा पानी निकास नभएपछि हरेक वर्ष वर्षातको सयमा यस्तो अवस्था देखापर्ने गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
बैंक अफ इटलीले इटालीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।
बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ।