बागमती प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति भए पनि अझै कार्यान्वयन भएको छैन । मन्त्रालय फुटाएरै/बढाएरै भए पनि बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धनका दलहरूबिच सहमति भएको १० दिन बितिसके पनि उहाँले अझै जिम्मेवारी पाउनुभएको छैन ।
नेपालले दिगो विकास लक्ष्य हालको अवस्था तथा कार्यान्वयनको दिशाले तत्कालको आवश्यकता मूल्याङ्कन, तथा स्रोत र वित्तीय रणनीति अनि दिगो विकासको लक्ष्य स्थानीय स्तरमा मूलप्रवाहीकरण गर्ने काम भएको छ । जसले प्रत्येक दिगो विकास लक्ष्यका लागि आधारभूत, लक्ष्य तथा कार्यान्वयन र वित्तीय रणनीतिहरू परिभाषित गरेको छ । प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संस्थागत संरचना पनि छन् । हाल आएर राष्ट्रिय रूपमा आर्थिक मन्दीको अवस्था बढ्दै गए पनि राष्ट्रिय रूपमा दिगो विकासको लक्ष्यलाई नेपालको राष्ट्रिय विकास ढाँचामा सकेसम्म एकीकृत गर्ने प्रयास गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रवार) आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले काउन्टरहरू बन्द गरेको जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चौथो केन्द्रीय समिति बैठक यही साउन २१ गते पाँच दिनसम्म बसेर सम्पन्न भएको छ । बैठकले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ सबै वडामा जनतासँंग माओवादी विशेष रूपान्तरण अभियान भदौ १२ गतेदेखि मङ्सिर १५ गतेसम्म चलाउने भएको छ । सरकारका राम्रा कामलाई नेता, कार्यकर्तामार्फत जनतामा पुर्याएर शक्ति आर्जन गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई वडा केन्द्रित गर्ने भएको छ । माओवादी केन्द्रको तीनमहिने अभियान, पार्टी विधान सम्मेलन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित भई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसंँग गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता वीरेन्द्र ओली, भिडियोमा मनोज रत्न शाही र केशव गुरुङले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश :
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई/दुई लाख रुपियाँ जरिबाना गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालले बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो ।
गोरखा जिल्लाको धार्चे गाउँपालिका– ७, खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पहिरोका कारण बस्ती भएको जमिन चिरा चिरा परेपछि घर उच्च जोखिममा परेको बताउनुभयो। पहिराले बस्तीमाथिका जमिन चिरिएको र बस्तीमुनिका जमिन खाल्डो पर्दै गएपछि बस्ती पूरै जोखिममा परेको उहाँको भनाइ छ।
अब मर्जरमा गएका लघुवित्त वित्तीय संस्थाले एक वर्षको लाभांश वितरणमा सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मर्जरमा गएका लघुवित्त संस्थालाई एक वर्षको लाभांश वितरणमा सहुलियत दिने भएको हो । राष्ट्र बैङ्कले बिहीबार लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै राष्ट्र बैङ्कले २०८१ साल असार मसान्तभित्र मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा गर्नुपर्ने थप प्रोभिजनमा सहुलियत दिएको हो ।
लगातारको वर्षा शुक्रवार पनि जारी रहेन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको र बाँकी क्षेत्रमा मध्यम खालको वर्षा हुने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भन्दा गत आवमा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो । गत आव २०७९/८० मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले ४८ करोड ६६ लाख ६९ हजार ८०३ रुपियाँ बराबरको निर्यात गरेका छन् । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ) का अनुसार आव २०७८/७९ मा यस जिल्लाबाट उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी एक अर्ब ५५ करोड ५६ लाख ८० हजार १२९ रुपियाँ बराबरको निर्यात गरेका थिए । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा यस जिल्लाबाट हुने निर्यात व्यापारमा वृद्धि भएको थियो ।
नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताका रूपमा सक्रिय विक्रमजङ्ग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक गर्नुभएको छ । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टीका पुनले साथ दिनुभएको छ । विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा ‘ब्रेकअपको कन्सेप्ट’ देखाइएको छ ।
मध्यपुर थिमि–१, लोकन्थलीमा रहेको सिद्धि गणेश दफा भजन खलले विगत १५ महिनादेखि सञ्चालन गर्दै आएको बाँसुरी वादन प्रशिक्षण बिहीबार पूरा भएको छ । प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) मा आठ वर्षको बालकदेखि ३८ वर्षको युवासम्म मौलिक पहिरनमा सजिएर बाँसुरी बजाई नगर परिक्रममा गरेका थिए ।