ओखलढुङ्गामा सुक्खा महिना लागेसँगै आगलागीका घटना बढ्न थालेका छन्। करिब एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी घरमा आगलागी भएको छ। गाउँका घरहरू जल्दा सदरमुकामका दमकल प्रयोगविहीन अवस्थामा छन्।
प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले विकासको मेरुदण्ड भनेकै सडक र पक्की पुल भएकाले प्रदेश १ सरकार अब भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ। सङ्घ, प्रदेश र स्थानीय तहहरूका बीचमा आपसी सहकार्य र समन्वय नहुँदा एउटै कामका लागि तीनतिर बजेट विनियोजन हुनसक्ने र त्यसो हुँदा अन्य कतिपय महत्वपूर्ण काममा रकम अभाव हुनसक्ने भएकाले प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरेर योजनालाई अगाडि बढाउने
श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिटलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । विभागले श्रम ऐन, नियमावली तथा पाँच वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनलाई प्राथमिकता दिएर काम गरेको जनाएको हो । विभागका निर्देशक मणिनाथ गोपले मापदण्ड आएपछि श्रम अडिट गराउने रोजगारदाता (प्रतिष्ठान)को सङ्ख्या विगत चार वर्षमा पाँच गुणाले बढेको जानकारी दिनुभयो । यद्यपि चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कले भने विगत वर्षको सोही अवधिमा गरिएको निरीक्षणमा कमी आएको देखाएको छ ।
अत्यावश्यक वस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनुपर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसंग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृतना समन्वयात्मक बैठक सुरु भएको छ। आइतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुने बैठकमा राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षाका विषयमा गहन समीक्षा हुनेछ। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पृतनापति समन्वयात्मक बैठकमा समग्र राष्ट्रिय सुरक्षाको विश्लेषणसँगै, विपत् व्यवस्थापन, नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको समीक्षा हुनेछ। उक्त बैठकमा गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बेला देखिएको सुरक्षा अवस्थाबारे समीक्षा हुनेछ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रका अटोभिलेज निर्माण गर्न चर्चा सुरु भएको अढाई दशकभन्दा लामो समयपछि एकीकृत अटोभिलेज निर्माण हुने भएको छ। हेटौँडा बजार क्षेत्रभित्र छरिएर रहेको सवारी मर्मत केन्द्र (ग्यारेज)हरूका कारण प्रदूषण बढेको र नगरको सौन्दर्य बिग्रँदै गएको भन्दै हेटौँडा उपमहानगरपालिका र अटो मेकानिक्स एन्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरले २०५३ सालदेखि एकीकृत सवारी मर्मत स्थापनाका लागि पहल गर्दै आएको थियो।
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले भिल्लारियलमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा १–० गोलले हरायो ।
भूकम्पपछि दुर्गम गाउँठाउँमा ठूला, राम्रा सुविधासम्पन्न विद्यालय भवन बने पनि विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ। विद्यार्थी घट्दै गएपछि सुविधासम्पन्न भवन प्रयोगविहीन बन्न थालेका छन्। दोलखाको तामाकोसी गाउँपालिकामा रहेका अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएका छन्। विदेश पलायन र सहर केन्द्रित भई गाउँ युवाविहीन हुन थालेपछि अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएको बताइएको छ।
करिब चार वर्षदेखि बन्द रहेको जलप्रवाही विद्युत् आयोजना (आरओआर)को विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गरिएकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप करिब एक हजार पाँच सय मेगावाटको आरओआर जलविद्युत् आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।
सरकारले विदेशमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि श्रम मन्त्रालयले हेल्प डेस्क राख्ने निर्णय गरेको जनाएको छ ।
वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको सम्झनामा मिसा साहित्यकार मुनाले शनिबार लोक साहित्य परिषद् बखुंबहाल ललितपुरमा ‘सत्यमोहन जोशी लुमंका’ कार्यक्रमको आयोजना ग-यो। प्रमुख अतिथि नेपाल भाषा केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. सुन्दरकृष्ण जोशीले आफू प्रमुख भएको समयमा सत्यमोहन जोशीसँग विभागमा सहकार्य गरेको अनुभव बताउनुभयो।
पर्यटक आकर्षित गर्ने उद्देश्यले दुई वर्षअघि देखि सञ्चालन गरिएको प्याराग्लाडिङको अभ्यास उडान उदयपुरका विभिन्न स्थानबाट भइरहेका छन् । उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीले चासो दिन थालेको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइलाले बताउनुभयो ।
गुल्मी जिल्लामा प्राकृतिक र मानव निर्मित पर्यटकीय संरचनाहरु दिनप्रति दिन बढ्दै गएतापनि यहाँ आउँने पर्यटकहरुको संख्यामा निकै कमी देखिएको छ ।
बारा जिल्लामा यस वर्ष एक लाख २१ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष कृषकले विभिन्न जातका आलु सात हजार ४५० हेक्टरमा खेती गरी प्रतिहेक्टर सवा १६ मेट्रिक टनका दरले उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ता किसानको खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । मोरङको कानेपोखरी गाउँपालिकाले सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रमअन्तर्गत तोरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । ५० प्रतिशत अनुदानमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत गाउँपालिकामा ५६ बिघामा तोरी खेती भएको छ । साना किसानका लागि लक्षित तोरी उत्पादन कार्यक्रमबाट मात्र होइन । व्यावसायिक किसानले पनि गहुँ खेती घटाएर तोरी लगाएका छन् । यसले गर्दा कानेपाखेरी गाउँपालिका क्षेत्रमा तोरीको उत्पादन विगत वर्षको तुलनामा दोब्बर भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।