नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । ‘चीन साउथ एसिया बिजनेस फोरम’ का तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित ‘चाइना नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याच मेकिङ’ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको प्राकृतिक स्रोत, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँगको सहज बजार पहुँचको उपयोग गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।
आफूसँग पैसा हुँदाहुँदै स्थानीय बासिन्दाले पैसाको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो । इलामको पशुपतिनगर बजार र त्यस आसपास अर्थात् भारतसँग सिमाना जोडिएका क्षेत्रका नेपालीलाई नेपाली पैसाको अभाव भइरहेको छ । नेपाली पैसाको अभावको मुख्य कारण भनेको भारतीय रुपियाँको कारोबार बढी भएर हो । पशुपतिनगर बजारसहित जिल्लाको पूर्वी क्षेत्रका अधिकांश किसानले उत्पादन गरेको कृषि उपज बिक्री गर्दा बढी मात्रामा भारत जाने गरेकाले त्यसको आम्दानी पनि भारतीय रुपियाँमै हुने गरेको छ तर भारतीय रुपियाँ सटही गरेर नेपाली रुपियाँ लिने ठाउँ नहुँदा यहाँका नागरिकले रकम अभावको समस्या झेल्नु परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष थप ८२० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएको छ । मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस वर्ष २२२ वटा मोटरेबल नयाँ पुल निर्माण भएको पनि जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले आर्थिक वर्ष २०७९/८० मा २४९ किलोमिटर सडकको पुनर्निर्माण तथा पुनर्स्थापना भएको पनि बताउनुभयो । त्यसै गरी २४३ किलोमिटर नयाँ ट्र्याक खोलिएको, ६२८ किलोमिटर खण्डास्मित (ग्राभेल) गरिएको जानकारी दिनुभयो । उहाँले सो अवधिमा सडक विभागको भौतिक प्रगति ६९ प्रतिशत रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु शान्त विद्रोहबाट देश परिवर्तनका लागि प्रयास गरिरहेको बताउनुभएको छ ।
अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ।
कपिलवस्तु बाणगंगा नगरपालिका –९ भर्तापुरका कृषक गोविन्दप्रसाद बन्जाडेले यस वर्ष राम्रोसँग ब्याड राख्न पाउनुभयो । खेतबारीमा पक्की नहर आएपछि खेती गर्न पाउनुभयो ।
प्रजनन् स्वास्थ्यसहित सुरक्षित गर्भपतन अधिकार महिलाको संविधान प्रदत्त मौलिक हक भए पनि त्यसको व्यवहारिक पक्ष फितलो रहेको सरोकारवालाको भनाइ छ ।
पोखरा महानगरको मध्य भाग हुँदै बग्ने फिर्केखोला अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिन्छ।
कर्णाली प्रदेश निजामतीसम्बन्धी विधेयक प्रदेश सभा बैठकमा पेस गरिएको छ । प्रदेश सरकारले ऐन बनाउन प्रदेश निजामती ऐन सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक तयार गरेर प्रदेश सभामा पेस गरेको हो ।
चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिँदै गृह मन्त्रालयले मंगलबार सप्तरीबाट सरुवा गरेपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको यहाँ भव्य बिदाइ भएको छ ।
चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस सङ्घको तदर्थ समिति गठन गरिएको छ । ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहनुभएको छ ।
हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बासुँरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो।
सङ्घीय शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ ।
नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।
गत सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाको चार दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन ।