स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा सङ्कट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन विशेषज्ञहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ ।
केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।
सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।
वराहक्षेत्र नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिहान कार्यकक्ष प्रवेश गर्नुभन्दा अगाडि लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् । सामुहिक सहभागितामा राष्ट्रिय गान गाउँनु यहाँ अनिवार्य गरिएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताउनुभएको छ। अजिरकोट गाउँपालिका २ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उहाँले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताउनुभयो।
काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । सदन अवरोध लामो समय देखि हुँदै आएपछि सदन खुलाउने विषयमा उहाँले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री–सभामुख भेट यो पाँचौँ पटक हो । बिहान ९ बजे देखि सुरु भएको छलफल १०ः३० बजे सकिएको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
गाउँखाने कथाहरूको खोज अनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले कर्णालीका गाउँ खाने कथाहरू नामक साइतर सङ्ग्रह प्रकाशित गर्नुभएको छ ।
मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ ।
विगतमा अतिक्रमणको चपेटामा परेर उजाड बनेको कटारी नगरपालिका–५ को सिसाघारीस्थित सामुदायिक वन क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर यस्तो अनुदान दिन लागिएको हो। कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कृषि खेतीमा सहज होस् भनेर सिँचाइमा अनुदान दिन लागेको बताउनुभयो। उपप्रमुख फुलकुमारी थनेतले कृषि उत्पादनको लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको बताउनुहुन्छ। नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको किसानलाई सिँचाइमा सुविधा दिने योजना अनुसार बजेटसमेत व्यवस्थापन गरेको उहाँले बताउनुभयो।