तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी ग-यो । जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व थियो । जुन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच २०५२ सालदेखि २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालका रूपमा परिचित थियो । जनयुद्धकालीन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय–अन्तर्राष्ट्रिय कठोर सङ्र्घष बेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रूपमा विस्तार र अन्तर्राष्ट्रिय रूपमा प्रभाव फैलाउँदै लगेको माओवादीले दुईवटा भरुवा बन्दुकबाट जनयुद्ध सुरु गरी २०६१/६२ सम्म आइपुग्दा राज्यसित लड्ने तहसम्म पुगेको सबैसामु छर्लङ्गै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर,जलजला र वराह तालको भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन जलजला गाउँपालिका तयारीमा जुटेको छ ।
केही वर्षअघि सहरमा निजी गाडी प्रयोगमा प्रोत्साहन गर्ने अचम्मका तौरतरिका थिए । छ प्रतिशत हाराहारीमा ऋण लगानी गर्न बैङ्क तथा वित्तीय संस्थाहरूको होडबाजी नै थियो । सार्वजनिक सवारी संरचना कमजोर हुँदा यो केही बाध्यता र केही अरूथोक पनि हो । सस्तो ब्याजदरमा निजी सवारीसाधनको पहुँच राम्रै गरी बढ्यो । धितोको समस्या थिएन । सवारीसाधन नै धितो हुने भइगयो । ठीक त्यसै समयमा गाउँमा भने किसानले भैँसी किन्नु पर्दा दुई अङ्कको उच्च ब्याजदरमा पनि ऋण पाउन कठिन थियो । अझै कठिन छ र झन् कठिन हुने
धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवसका अवसरमा केन्द्रदेखि प्रदेशसम्म सप्ताहव्यापी कार्यक्रम भइरहँदा धेरैजसो रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा छ । ७२ वर्षको इतिहास बोकेको रेडियो नेपालमा पनि सरकारले बजेट छुट्याउने गरेकाले मात्रै हो, विज्ञापनबाट उठ्ने आम्दानीभन्दा खर्च निकै बढी छ ।
मिटरब्याजीलाई कारबाहीको माग गर्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मिटरब्याजका पीडितले प्रदर्शन गरेका छन्। पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला अदालत महोत्तरी तथा जिल्ला प्रशासन कार्यालय पुगेर केहीबेर धर्नासमेत दिए। जिल्लाको विभिन्न पालिकाबाट आएका पीडितहरू प्लेकार्ड बोकेर नाराबाजी गर्दै सदरमुकाम जलेश्वरको विभिन्न भागमा प्रदर्शन गर्दै दुवै कार्यालयअगाडि गएर धर्ना दिएका थिए।
प्रधानमन्त्री, मन्त्री र सांसद भएपछि काठमाडौँमा अनिवार्य रूपमा घर बनाउने होडबाजी चलेको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद प्रेम सुवालले बताउनुभएको छ। बाराको कलैयामा नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन शनिबार उद्घाटन गर्दै सुवालले भन्नुभयो, “जितेपछि किन काठमाडौँमा घर बनाउनु, जितेको निर्वाचन क्षेत्रमै घर बनाए पुग्थ्यो नि ! सत्तामा भएसम्म, सरकारले दिएको साधनस्रोतबाट काम हुने भएपछि मन्त्री भएकामध्ये ९९ प्रतिशतले काठमाडौँमा घर बनाएर दैनिक हुने ट्राफिक जाम सिर्जना गरेका छन्,” उहाँले भन्नुभयो।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले सहज जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–१ गोलले हरायो ।
ओखलढुङ्गामा सुक्खा महिना लागेसँगै आगलागीका घटना बढ्न थालेका छन्। करिब एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी घरमा आगलागी भएको छ। गाउँका घरहरू जल्दा सदरमुकामका दमकल प्रयोगविहीन अवस्थामा छन्।
प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले विकासको मेरुदण्ड भनेकै सडक र पक्की पुल भएकाले प्रदेश १ सरकार अब भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ। सङ्घ, प्रदेश र स्थानीय तहहरूका बीचमा आपसी सहकार्य र समन्वय नहुँदा एउटै कामका लागि तीनतिर बजेट विनियोजन हुनसक्ने र त्यसो हुँदा अन्य कतिपय महत्वपूर्ण काममा रकम अभाव हुनसक्ने भएकाले प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरेर योजनालाई अगाडि बढाउने
श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिटलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । विभागले श्रम ऐन, नियमावली तथा पाँच वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनलाई प्राथमिकता दिएर काम गरेको जनाएको हो । विभागका निर्देशक मणिनाथ गोपले मापदण्ड आएपछि श्रम अडिट गराउने रोजगारदाता (प्रतिष्ठान)को सङ्ख्या विगत चार वर्षमा पाँच गुणाले बढेको जानकारी दिनुभयो । यद्यपि चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कले भने विगत वर्षको सोही अवधिमा गरिएको निरीक्षणमा कमी आएको देखाएको छ ।
अत्यावश्यक वस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनुपर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसंग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृतना समन्वयात्मक बैठक सुरु भएको छ। आइतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुने बैठकमा राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षाका विषयमा गहन समीक्षा हुनेछ। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पृतनापति समन्वयात्मक बैठकमा समग्र राष्ट्रिय सुरक्षाको विश्लेषणसँगै, विपत् व्यवस्थापन, नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको समीक्षा हुनेछ। उक्त बैठकमा गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बेला देखिएको सुरक्षा अवस्थाबारे समीक्षा हुनेछ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रका अटोभिलेज निर्माण गर्न चर्चा सुरु भएको अढाई दशकभन्दा लामो समयपछि एकीकृत अटोभिलेज निर्माण हुने भएको छ। हेटौँडा बजार क्षेत्रभित्र छरिएर रहेको सवारी मर्मत केन्द्र (ग्यारेज)हरूका कारण प्रदूषण बढेको र नगरको सौन्दर्य बिग्रँदै गएको भन्दै हेटौँडा उपमहानगरपालिका र अटो मेकानिक्स एन्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरले २०५३ सालदेखि एकीकृत सवारी मर्मत स्थापनाका लागि पहल गर्दै आएको थियो।
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले भिल्लारियलमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा १–० गोलले हरायो ।