• ३१ वैशाख २०८२, बुधबार

प्रजिअ थापाको नगरबासीद्वारा बिदाइ

blog

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई सम्मान गर्नुहुदै राजविराज नगर कार्यपालिकाका कावा नगर प्रमुख इसरत परविन लगायत । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), साउन ३२ गते । चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिँदै गृह मन्त्रालयले मंगलबार सप्तरीबाट सरुवा गरेपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको यहाँ भव्य बिदाइ भएको छ । राजविराज नगरपालिकाले एक कार्यक्रमबीच उहाँको सम्मानसहित बिदाइ गरेको हो । 

राजविराज नगरपालिकाको कार्यवाहक नगर प्रमुख इसरत परविनको उपस्थितिमा १६ वटै वडाका अध्यक्ष जनप्रतिनिधि तथा कर्मचारीले प्रमुख जिल्ला अधिकारी थापालाई सम्मानसहित बिदाइ गर्नुभएको नगर प्रवक्ता जयनारायण मण्डलले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी थापाले सप्तरी बसाइको ११ महिनामा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनमा जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । पूर्वाधार विकास र जिल्लामा सुशासन कायम गरेर काम गर्नुभएको जिल्लावासीको भनाइ छ ।  यस्तै, अतिक्रमित राजविराज बजारक्षेत्र, जिल्लाका सरकारी जग्गामा अतिक्रमण हटाउन जिल्लाको नेतृत्वकर्ताको हैसियतमा थापाले महत्त्वपूर्ण भूमिका खेल्नुभएको कार्यवाहक नगर प्रमुख इसरत प्रविनले बताउनुभयो ।