सिराज खान
नेपालगन्ज, भदौ २ गते । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आगामी कार्यकालका लागि अध्यक्षसहित कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्न शनिबार बिहानबाट मतदान सुरु भएको छ ।
नेपालगञ्ज रङ्गशालामा बिहान ८ः३० बजेबाट सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
उक्त निर्वाचनमा दुई समूहबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट ललितकुमार रौनियार र समावेशी समूहबाट टङ्कबहादुर धामीले नेतृत्व गरिरहनुभएको छ ।
साझा प्रजातान्त्रिक समूहलाई नेपाली कांग्रेस, नेकपा समाजवादी एस र राप्रपा नेपालको समर्थन रहेको छ भने समावेशी समूहलाई नेकपा एमाले, नेकपा माओवादी, जसपा, राप्रपालगायतका दलको समर्थन रहेको छ ।
समावेशी समूहका तर्फबाट चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उप–महासचिव र सलाउद्दिन जसगढ कोषाध्यक्षको उम्मेदवार रहनुभएको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट उपाध्यक्ष (वाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, महासचिवमा टङ्कप्रसाद शर्मा, उप–महासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामीले प्रतिस्पर्धामा गरिरहनुभएको छ ।
उपाध्यक्ष (उद्योग) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार जोशीले पनि प्रतिस्पर्धा गरिरहनुभएको छ ।
यस्तै, सदस्यमा समावेशी समूहबाट इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुदिन अन्सारी, कमल कार्की (एशोसियट), राजीव तलङ्गा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) रङबहादुर खड्का सदस्य (वस्तुगत) उम्मेदवार हुनुहुन्छ ।
सोही प्रकारले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट सदस्यहरूमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, सुनिल भण्डारी, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, बलबहादुर विष्ट (बबी) लगायत उम्मेदवार हुनुहुन्छ ।
समावेशी समूहलाई सङ्घका पूर्व अध्यक्षहरू कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीको समर्थन रहेको छ भने प्रजातान्त्रिक समूहलाई पूर्व अध्यक्षहरू अच्युत प्रसाईँ र सुनिल कुमार शर्माको समर्थन रहेको छ । उद्योग वाणिज्य सङ्घमा करिब पाँच हजार मतदाता रहनु भएको छ ।