• ८ मंसिर २०८१, शनिबार

गालिब र चियाको समय (कविता)

blog

सिद्धान्त र परिभाषाविहीन

चियाको समय प्रारम्भ हुँदै गर्दा 

यो बिहान, 


सधैँजसो ठिकठाक छन्, सबै कुराहरू 

०००

ठिकठाक छैन तैपनि म, 

किनभने, मेरो मन मसित नभई

गालिबले बिताएका साँझ बिहानसित

‘टाइम ट्राभल’ गर्न

भर्सक ‘एक्साइटेड’ छ, 


गालिब र म

केही कुराहरूले पनि दूरको साइनोमा छैन

अझ गुगलले लिएको थिएन, जन्म, 

यो कुराचाहिँ कति चुनौतीपूर्ण छ, 

०००

बताइरहनु पर्दैन

गालिब आफ्ना श्रेष्ठतामा

उच्चकोटिका स्तूप हुन्

र, महान् कविशिखर,


शासनको बागडोर सम्हाल्नेहरूले

कविको स्वच्छन्द मनुष्यलाई चिनेनन्

धर्मभिरू कठमुल्लाहहरूले चिनेनन्

मुगलविरासतका अर्थटाकुरेहरूले चिनेनन्, 

मिर्जाको कविता र शिरको टोपी

झनै तम्तमाइलो भयो, कति पारखीहरूले चिनेनन्, 

०००

बिट्मा जे सुनियो, ब्रोनले

एक विशिष्ट लतिफा सुनेपछि ।