• ८ मंसिर २०८१, शनिबार

हापोएलमा सावित्राको डेब्यु गोल

blog

हादेराविरुद्ध गोल गरेपछि सावित्रा भण्डारी । तस्बिर : सावित्राको फेसबुकबाट

काठमाडौं, भदौ १ गते । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली फुटबलमा डेब्यु गोल गर्नुभएको छ ।

हालै इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्ध हुनुभएकी सावित्राले नयाँ सिजनको पहिलो खेलमा हादेराविरुद्ध गोल गर्नुभएको हो । बिहीबार राति भएको खेलमा हापोएल रानानाले हादेरा क्लबलाई २–० गोलले हरायो ।

हापोएलको जितमा गोल्डेन र सवित्राले एक एक गोल गर्नुभयो । नेपालको घरेलु लिग र राष्ट्रिय टोलीमा समेत सर्वाधिक गोल कर्ता सावित्राले घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आउनुभएको थियो ।

हाँले यसअघि भारतमा दुई फरक क्लबबाट खेल्दै तीन वटा लिग उपाधि जितिसक्नुभएको छ । उहाँले गत सिजन भारतको महिला लिगमा गोकुलम केरलाबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाउनुभएको थियो ।

लिगमा २९ गोल गर्दै उहाँले सर्वाधिक गोल कर्ताको उपाधि समेत जित्नुभएको थियो । गोकुलम अघि उहाँले सेथु एफसीबाट भारतको लिग खेल्नुभएको थियो । भारतको लिगमा सानदार प्रदर्शन गरेपछि सावित्रा युरोपेली क्लबको आँखामा पर्नुभएको हो ।