हरियो फर्कंदै गरेको कमलामाई नगरपालिका–९, बतासेका किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेत रातभरिको बाढीले बगरमा परिणत गरिदियो । साउन २२ गते राति कमला नदीमा आएको बाढीले उहाँको झन्डै १६ कट्ठा धानखेत बगर बनाएको हो । “रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुमवासी बनायो । सपना जस्तै लागेको छ,” उहाँले भन्नुभयो । साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले उहाँ जस्तै धेरैको खेत कटान गरी बगर बनेको हो ।
खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् । मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पूरै खडेरी लाग्दा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भिœयाइरहेका छन् । यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् ।
यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै पर्याप्त उद्यमशीलताका अवसर भएकाले युवावर्गलाई खोजी गर्न आग्रह गर्नुभएको छ । राष्ट्र निर्माण मञ्च नेपालले बुधबार राजधानीमा आयोजना गरेको ‘उद्यमशील युवा सृजनशील युवा’ विषयक अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री महतले युवावर्गलाई स्वदेशमा रोजगारी सिर्जना गर्न प्रशस्त सम्भावना भएकाले खोजी गर्न आग्रह गर्नुभएको हो । “रोजगारीका लागि दिनहुँ ठुलो सङ्ख्यामा युवावर्ग विदेश गइरहेका छन्, स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले स्किम ल्याए पनि त्यसका बारेमा जानकारी नहुँदा कार्यान्वयनमा आउन सकेको छैन,” अर्थमन्त्रीले भन्नुभयो ।
वीरगन्जस्थित ठाकुरराम क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख आफ्नै बुहारीको उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै साटफेर गर्दैगर्दा पव्रmाउ परेका छन् । त्रिजुद्ध माध्यमिक विद्यालयमा रहेको परीक्षा के
भेरीगङ्गा नगरपालिका–८ की कमला सुनारले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रभित्र परेको घरजग्गाको मुआब्जा अझै पाउनुभएको छैन। पाँच दशकदेखि बसोबास गर्दै आएको कमलाको दुई रोपनी नौ आना जग्गा अधिग्रहणमा परेको छ। मुआब्जा मूल्याङ्कन समितिको सिफारिस अनुसार मुआब्जाबापत १६ लाख रुपिया पाउनुपर्ने हो। उक्त रकम पाए स्थायी बसोबासको विकल्प खोज्ने योजना बनाएको कमलाको परिवारले तीन वर्षदेखि अन्योलमै बिताएको छ। स्थायी जग्गाधनी प्रमाण (लालपुर्जा) नहुँदा कमलाले मुआब्जा पाउनुभएको छैन। उहाँले भन्नुभयो, “आयोजना बन्दैछ, हामी खुसी छौँ तर तीन वर्ष भइसक्दा पनि मुआब्जा पाएका छैनौँ, हामीलाई कि मुआब्जा चाहियो, नभए लालपुर्जा दिनुप-यो।”
मुगुमा सर्पदंश उपचार केन्द्र नहुँदा विषालु सर्पको टोकाइमा धामीझाँक्रीकै भर पर्नुपर्ने अवस्था छ। जिल्लामा एन्टिस्नेक भेनम, आइसियु र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ। जलवायु परिवर्तन तथा विभिन्न कारणले तराईमा पाइने विषालु सर्प पहाडतर्फ आउने गरेका छन्। छायानाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल मुगुले कुनै तयारी नगरेको बताउनुभयो।
वसन्तपुर–गुफापोखरी सडकखण्डको अनावश्यक ठाउँमा ग्याबिन जाली लगाइएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । बजेट सिध्याउनका लागि आवश्यक नपर्ने ठाउँमा संरचना तयार गर्दा अन्य विकास गतिविधिलाई समेत नराम्रो प्रभाव पार्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।
मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आइतबार बेलुका आएको बाढीले २८ वटा बिजुलीको पोल एवं दुई किलोमिटर लामो खानेपानीको पाइपलाइन बगाउँदा कागबेनी क्षेत्र बत्ती र पानीविहीन बनेको छ। कागबेनी क्षेत्रमा दुई किलोमिटर टाढाबाट ल्याएको खानेपानीको पाइपलाइन तथा धारा बाढीले बगाउँदा अवरुद्ध भएको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले चाँडै खानेपानी सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी ल्याएर उपभोग गर्दै आएका छन्।
नवलपुरका राजनीतिक दलले जिल्ला सदरमुकाम बनाउने काममा ढिलाइ भएपछि यसका लागि सिंहदरबारसम्म पुग्ने भएका छन्। २०७६ सालमा शिल्यान्यास भएर पनि कामले गति नलिएपछि यहाँका राजनीतिक दलले दबाबमूलक पहल गर्ने भएका हुन्। नमुना सदरमुकाम निर्माणका लागि चाहिने बजेटको आकार बढाउन र निर्माण कार्यलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेका हुन्। जिल्ला समन्वय समिति नवलपुरले राजनीतिक दल र सरोकारवालासँग मङ्गलबार कावासोतीमा गरेको अन्तर्क्रियामा यस्तो निर्णय गरिएको हो।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।
खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।
तीन वर्ष विदेश बसेर फर्किनुभएका बाँके डुडुवाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थाल्नुभयो। रिक्सा चलाएर दिनदिनै राम्रो आम्दानी हुन थालेपछि उहाँले विदेश जाने सोच त्याग्नु भयो। राहदानी बनाएर भिसाका लागि दौडधुप गरिरहनुभएका नेपालगन्ज–११, इदगाहरोडका नन्कु साईले पनि केही दिनका लागि मात्र भनेर ब्याट्री रिक्सा चलाउन थाल्नुभयो। दैनिक एक हजार पाँच सय रुपियाँभन्दा बढी आम्दानी हुन थालेपछि उहाँले पनि विदेश जाने सोच त्यागेर राहदानी बाकसमा बन्द गर्नुभयो।