अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्।
यसवर्ष हिमपात नभएका कारण म्याग्दी जिल्लाको हिमाली क्षेत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र हिमालको फेदीमा लागेको डढेलो ।
शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ताहरू किसानका खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । भान्सामा प्रयोग हुने अशुद्ध तेलका कारण अनेक रोग लाग्ने बुझाइले उपभोक्ताहरू तोरी बुकिङ गर्न खेतमा पुग्नेगरेका हुन् ।
बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।
टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।
नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
घना जङ्गल । बीचमा एउटा पोखरी थियो । त्यहाँ एउटा सुन रङको भ्यागुतो बस्थ्यो । सुनको झैँ रङ भएकाले उसलाई सुनरङ्गे भ्यागुतो भनेर पोखरीभरि चिनिन्थ्यो । हुनत त्यो पोखरीमा माछा, कछुवा, सर्पहरू पनि थिए । तापनि त्यो भ्यागुतो फरक खालको थियो । सुनरङ्गे भ्यागुतो कहिल्यै पनि अरूलाई सताउँदै
म कक्षा ४ मा पढ्छु । म नौ वर्ष पुग्न लागेँ । साथीहरू ! म मङ्सिर २४ गते (शनिबार) म मेरो परिवारको साथमा काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हेर्न राष्ट्रिय सभा गृह (सिटी हल) गएको थिएँ । राष्ट्रिय सभा गृह काठमाडौँको भृकुटीमण्डप रोडमा रहेको छ । डिसेम्बर ८ देखि १२ सम्म सञ्चालन भएको यो २०औँ फेस्टिभल हो रहेछ । यहाँ ३० देशका ६० वटाभन्दा बढी डकुमेन्ट्री तथा लामो र छोटा फिल्म देखाइएको थियो ।
“ऐया ! नपिट्नुहोस् न । मलाई कति सताउनुभएको ?” रमाले रुँदै आफ्नी दिदी रमिलालाई भनी । “तैँले चाहिँ मेरो सामान किन छुनुपर्ने नि हँ ?” रमिलाले थर्काउँदै भनी । रमिला छ वर्षकी हुँदा रमा जन्मिएकी थिइन् । रमिलाले रमालाई सधैँ जिस्काउँथी र रमा भने नरोएको दिनै हुँदैनथ्यो । यी दिदीबहिनीबीच माया भने असाध्यै धेरै थियो तर त्यो माया बाहिर कहिल्यै देखिँदैनथ्यो । उनीहरू एउटै विद्यालयमा पढ्थे । एक जना ९ कक्षामा पढ्थी भने अर्कीले कक्षा २ मा पढ्थी । उनीहरूकी आमा पनि रमा र रमिलादेखि वाक्क परिसक्नुभएको थियो ।
समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ तर स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द गरेको पाइएको छ। बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन्।