• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड रामेछापमा

blog

२० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभामा सहभागी हुनुुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

रामेछाप, साउन ३२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रामेछाप आइपुग्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र), दोरम्बा शैलुङ गाउँपालिका सङ्गठन समितिले डाडाँकटेरीमा आयोजना गरेको २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।

दाङको हापुरेमा सरकार र माओवादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो ।