हेग (नेदरल्यान्ड) वैशाख २२ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्क्रमण पुष्टि गरेको क्रुज जहाज अपरेटर ओसनवाइड एक्सपिडिसनले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउँदै उहाँले सङ्क्रमित महिलाको अप्रिल-२७ मा मृत्यु भइसकेको उल्लेख गर्नुभएको छ । एक दम्पति र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परेपछि सङ्क्रमणको आशङ्कामा उनीहरूसहित करिब १५० जना यात्रु जहाजमै रहेको जनाइएको छ ।
हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमित यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ । जहाजमा रहेका दुई जना चालक दलका सदस्यमा तीव्र श्वासप्रश्वासलगायतका लक्षण देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
हाल सङ्क्रमणको लक्षण भएका अन्य व्यक्ति पहिचानका लागि स्वास्थ्य परिक्षण गरिरहेको बताइएको छ । हान्ताभाइरस एउटा भाइरसको समूह हो जसले मानिसमा गम्भीर रोग निम्त्याउन सक्ने विश्व स्वास्थ्य सङ्ठनले जनाएको छ । सङ्क्रमण सामान्यतया सङ्क्रमितको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानवदेखि अर्को मानवमा सर्ने जनाइएको छ । रासस/सिन्ह्वा