वि.सं २०७२ मा गएको भूकम्पले भत्काएका सिन्धुलीका अधिकांश सामुदायिक विद्यालयका भवन सुविधा सम्पन्न बनेका छन् ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले तीन महिनाभित्रै गण्डकी प्रदेशमा डायलायसिस सेवा सहज हुने बताउनुभएको छ ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबिच छलफल भएको छ।
जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको हो ।
सप्तरीमा विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिइएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन र भ्रष्टाचार अन्त्यमा सरकारको मुख्य ध्यान रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम र सेवा प्रवाहलाई सहजता बनाउँदै लैजाने कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको हो ।
राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो उक्त राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।
नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा दश महिनासम्म खाद्यान्न नपुगेको पाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षमा विनियोजित कोटाको खाद्यान्न ढुवानी गर्न नसकेपछि लिमीमा खाद्यान्न नपुगेको हो ।
कर्णाली प्रदेशका नौ जिल्ला बाढी र पहिरोको उच्च जोखिममा छन्। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीमा यो वर्ष विपत्बाट ३५ हजार ३३३ जना प्रभावित हुने अनुमान गरेको छ। आठ हजार ८५ घरधुरी बाढी, पहिरोको जोखिममा छन्। शनिबार र आइतबार निरन्तर वर्षा हुँदा भेरी र कर्णाली नदीमा पानीको बहाव बढेको छ। नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षा भइरहेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ।
मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । लगातारको बर्सातका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकासी मार्ग अवरुद्ध भई छब्बीस दिन सम्म हवाई सेवा बन्द भएको थियो ।
पूर्वी गण्डक नहरको निर्माण अवधि समाप्त भएकाले त्यसमा बनाइएका करिब ८७ वटा सानाठुला संरचना भासिँदै गएका छन् । मध्य तराईको सिँचाइको एक मात्र पूर्वाधारका रूपमा रहेको गण्डक नहरको नियमित मर्मतसम्भार भए पनि निर्माण अवधि समाप्त भएको तथा नहर प्रयोजनका लागि बनाइएको सडकमा क्षमताभन्दा बढी भारका सवारीसाधन गुड्दा संरचना जीर्ण बनेर भासिँदै गएको हो ।
जुम्लाको सिँजा गाउँपालिकाले पालिकामा उत्पादित रैथाने बालीको खरिद र बजारीकरण गर्ने भएको छ। सिँजा गाउँपालिकाले रैथाने बाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी किसानलाई सहजै बजारीकरणमा टेवा पु-याउन कम्पनीसँग शनिबार सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुर रहेको भवन र जग्गामा समन्वय एकाइसँगै सिद्धार्थ माध्यमिक विद्यालय र हेटौँडा उपमहानगरपालिकाले आआफ्नै दाबी गरेपछि विवाद भएको हो।