• ५ जेठ २०८१, शनिबार

त्रिवि सेवा आयोगमा प्राडा भट्टराई

blog

काठमाडौँ, साउन ३१ गते । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार उहाँलाई नियुक्त गर्नुभएको हो।

शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोककुमार राईको अध्यक्षतामा रहेको सिफारिस समितिले प्राडा भट्टराईसहित अन्य दुई जनाको नाम सिफारिस गरेको थियो।

सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राडा भट्टराईले त्रिविबाट हालै अवकाश पाउनुभएको हो। उहाँ २०७९ सालमा त्रिवि इतिहास केन्द्रीय विभागको प्रमुख बन्नुभएको थियो। २०४४ सालमा त्रिवि सेवामा प्रवेश गर्नुभएका ६३ वर्षीय उहाँ झापा निवासी हुनुहुन्छ। उहाँ नेत्रज्योति सङ्घका प्रवक्ता पनि हुनुहुन्छ।

आयोगको अध्यक्षको पदावधि चार वर्षको हुने प्रावधान छ। २०७९ साल साउन १८ देखि आयोगको अध्यक्ष पद रिक्त हुँदै आएको थियो। गत वर्ष भदौ २८ गते आयोगको अध्यक्षका लागि आवेदन माग गरिएकामा ३८ जनाको आवेदन परेको थियो तर सहमति हुन नसक्दा नियुक्ति हुन सकेन। यही साउन २३ गते पुनः आवेदन माग गरिएको थियो।