सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदभार ग्रहण गर्नुभएको छ। शपथ ग्रहण लगत्तै उहाँले पदभार ग्रहण गर्नु भएको हो।
मधेश प्रदेशको राजधानी जनकपुरधाम घुम्न आउने पर्यटकको गाडी पार्किङ् गर्न समस्या देखिएपछि जनकपुरधाम उपमहानगरपालिकाले वडा ८ स्थित खाली रहेको गुठीको १२ कठ्ठा जग्गा लिजमा लिएर सवारी पार्किङ् स्थल निर्माण कार्य अघि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताउनुभएको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गर्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले दूर सञ्चारले प्रदान गर्ने सेवामा सबैको पहुँच हुने किसिमले समयसापेक्ष काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज (शुक्रबार) भेट गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि प्रदेश सरकारले पूर्णता पाउन थालेको हो । सत्ता साझेदार दलले मन्त्रालय बाँडफाँटको विषय करिव टुङगो लगाएको बताएका छन् । दलहरुले आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषय टुङ्ग्याउन बाँकी छ ।
प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाउने कामलाई तिब्रता दिएको छ । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेका बेला विज्ञहरुले सो सुझाव दिनुभएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएका छन् ।
साना चार कम्युनिष्ट पार्टीबीच पार्टी एकता एवम् ध्रुवीकरण गर्ने निर्णय भएको छ।
जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । उहाँले नेपाली काङ्ग्रेसबाट प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) बाट नरेश शाहीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ ।