नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन राई र कविता श्रेष्ठले जित्नुभएको छ । सोमबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न भएको फाइनलमा गायनतर्फको उपाधि आश्विनले र नृत्यतर्फको उपाधि कविताले जित्नुभएको हो ।
बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु भएको छ ।
मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गर्न बैठक बोलाएको छ । कक्षा १२ को नतिजा प्रकाशन गर्न आज (मङ्गलबार) साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।
गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
गायिका श्री मोक्तानको 'कोसेली' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा सङ्गीत छ।
कल्पना फाउण्डेसन नेपालका अध्यक्ष तथा नेपालगञ्जका साहित्यकार कल्पना पौडेल जिज्ञासुको कथा सङ्ग्रह ‘कचहरी’ को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यही साउनको पहिलो सातादेखि बाजुरामा लगातार परेको अविरल वर्षाका कारण प्रभावित भएका बस्तीमा नगरपालिकाले राहात सामग्री वितरण कार्य सुरु गरेको हो ।
नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाएको छ । मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।
प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । मङ्गलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो ।