दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले अगुवा किसानलाई स्याउको बोट बितरण गरेको छ । ब्यवसायिक स्याउ खेती गर्न गाउँपालिकाको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा बितरण गरेको हो ।
मोरङको कानेपोखरी गाउँपालिकाका किसानलाई यतिबेला गुन्द्रुक भित्र्याउने चटारो छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा ‘आमाको सीप सन्तानलाई अर्गानिक गुन्द्रुक मोरङलाई’ कार्यक्रम सञ्चालन गर्न ७ लाख ५० हजार रुपियाँ छुट्याएको थियो ।
वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र कलेजको भवन प्रबलीकरण कार्य सुरु गरिएको छ ।
जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्यचक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
पश्चिम नवलपरासीको वर्दघाटबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको एक ट्रक रासायनिक मल प्रहरीले बरामद गरेको छ । बिहीबार रातिको समयमा वर्दघाट नगरपालिका वडा –४ को त्रिवेणी चोकबाट प्रहरीले सूचनाका आधारमा ना ७ ख ९२४३ नम्बरको ट्रकसहित ५ लाख २६ हजार ८०० रुपियाँ बराबरको रसायनिक मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन,भ्रातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ साथ’ वाकाथोन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र लेखी पठाइएको छ ।
‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेश गरेको छ । नेपालको नागरिकता समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा अभियानको तर्फबाट गृह सचिव विनोद प्रकाश सिंहलाई हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज (शुक्रबार) चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही राहत प्रदान गरेको हो ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
२१औँ शताब्दीको डिजिटल प्रविधिको युग हो । हामी यही युगमा छौँ । सानादेखि ठूलासम्मको एउटै समस्या– मोबाइलको जथाभावी प्रयोग । हुनत डिजिटलको प्रयोगले मानव जीवनशैलीलाई सरल त बनाएको छ । हातमा भएको मोबाइलबाट विश्वका हरेक गतिविधि जान्न, बुझ्न र थाहा पाउन सकिने भएको छ । यो मोबाइल फोन सन् १९७३ मा नै आएको हो । यसको आविष्कार अमेरिकाका महान् इन्जिनयर डा. मर्टिन कुपरले गरेका हुन् । नेपालमा भने २०५६ सालपछि मात्र प्रयोगमा आएको हो ।
काठमाडौँ महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गर्नुभएको थियो ।
बाल साहित्य लेखनमा कलम चलाउँदै आउनुभएका कवि तथा कथाकार सनतकुमार आचार्यको ‘परेवा र सानो बाबु’ बालकथा सङ्ग्रह दोस्रो संस्करण प्रकाशनमा आएको छ । बालसाहित्यको क्षेत्रमा प्रतिभाशाली स्रष्टा आचार्यको यो कथा सङ्ग्रह अङ्ग्रेजीमा पनि अनुवाद भएर प्रकाशित भएका छन् । उनीद्वारा लेखिएका ‘परेवा र सानो बाबु’ कथा सङ्ग्रहभित्र भाइको ज्ञान, बुद्धिमान कुखुरो, भँगेरा र कुकुरलगायत विभिन्न शीर्षकका १० बालकथा सङ्ग्रहहित छन् । पुस्तकको नाम राखिएको ‘परे