गत असार १४ गते गोरखा नगरपालिका–७, सतीपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बरामद गरिएको घरका परिवारले उक्त ढुङ्गालाई कुल देवताको मानेर पूजा गर्दै आएको र यसलाई गोर्खाली जनताले पनि शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्लाबाहिर नपठाउने निर्णय भएको जानकारी दिनुभयो।
देवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन्। गत पुस ३० गते विघटन विद्यालय व्यवस्थापन समिति विघटन भएको थियो। जसका कारण विद्यालय अस्तव्यस्त बन्न पुगेको छ। रजहरका समाजसेवी पबिन्दै जिसीले पटक पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण बन्न नसकेको बताउनुभयो।
लोकतन्त्रमा जनता सर्वोपरि हुन्। वर्तमान संविधानबमोजिम नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ। जनताले आफ्ना प्रतिनिधि चुनेर संसद्मा पठाएका हुन्छन् र तिनै प्रतिनिधिमार्फत त्यो सत्ता प्रयोग हुन्छ। यसर्थ संसद् जनताको विश्वास, आशा, भरोसाको केन्द्र हो। त्यो संसद्ले मुलुक सञ्चालनका लागि कानुन बनाउने, सरकारको निगरानी र परीक्षण गर्ने, सरकार गठन र विघटन गर्ने तथा वित्तीय नियन्त्रण गर्ने परम्परागत शास्त्रीय मात्र नभई संवैधानिक मान्यता छ। संसद्ले राष्ट्र« र जनतासँग सम्बन्धित विषय, विकास निर्माण, सुशासनसँग सम्बन्धित सवालहरूमा मार्गनिर्देशन गर्न सक्छ। य
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
कुनै पनि आवधिक निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले सरोकारवालाहरूको सहभागितासहित यसको विस्तृत समीक्षा गर्दै आएको छ। गत वर्ष सम्पन्न तीनै तहका निर्वाचन र यस वर्षको वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको पनि आयोगबाट समीक्षा गरिएको छ। आयोगले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रम आयोजना गरेको थियो। सो क्रममा प्रदेश १ को ताप्लेजुङ, मधेश प्रदेशको रौत
पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।
आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै ।
सङ्घीयता कार्यान्वयनमा केही सुस्तता भए पनि अघि बढिरहेकै छ। बहस पनि जारी छ। यसको अभ्याससँगै जनस्तरमा उठेका असन्तुष्टिहरूलाई गम्भीरतापूर्वक सुन्ने र सुधार गर्ने बेला आएको छ। एकाथरी छन्, यो प्रणाली त ठिक हो तर हामीकहाँ सही तरिकाले अघि बढाइएन भनेर चासो प्रकट गर्ने छन्। अर्काथरी यो महँगो प्रणाली हो, धान्न सकिँदैन कि भनेर चिन्ता गर्ने छन्। यहाँ अर्को तप्का पनि छ, जसले प्रतिगामी सोचका साथ राजनीतिक परिवर्तनकै विरोध गर्ने दाउपेचका लागि सङ्घीयतालाई माध्यम बनाउँदै आएका छन्।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै श-या निःशुल्क हुने भएको छ । साउन २२ गतेको बागमती प्रदेश मन्त्रीस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याबिन, एनआइसियु र आइसियुबाहेक अन्य सम्पूर्ण शøया भदौ १ देखि निःशुल्क रूपमा बिरामीलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता दीपकप्रसाद तिवारीले
प्राचीनकालमा गुरुकुल शिक्षा प्रणाली प्रचलित थियो। जसको उद्देश्य बालबालिकामा शारीरिक, मानसिक र सामाजिक गुणको विकास गराउनु हुन्थ्यो। गुरुको काखमा बसेर विद्यार्थीले भाषा तथा कलाका माध्यमबाट आध्यात्मिक र व्यावहारिक शिक्षा दिइन्थ्यो। मध्यकालमा आएर आध्यात्मिक तथा जीवनपयोगी सिपका अतिरिक्त तन्त्रशास्त्र समावेश गर्न थालियो। पछिल्लो समयमा व्यावसायिक समूह विभाजन गरी गुठीका माध्यमबाट व्यावसायिक शिक्षा दिन थालियो। एकीकरणपश्चात् सैनिकका छोराछोरीलाई सैनिक शिक्षा दिने गरेको पाइन्छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायत मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ ।
यस वर्ष तराईमा खडेरी परेको छ। मनसुन सुरु भएसँगै पहाडी जिल्लाहरूमा बाढी र पहिरोले विनाशलीला मच्चाउँदा तराईका खेतहरूमा धाँजा परिरहेका छन्। मनसुन सकिन केही दिन मात्र बाँकी रहेको बताइरहँदा तराईका अधिकांश भागमा रोपाइँ हुन सकेको छैन। अन्न भण्डारका रूपमा रहेको तराईको यो अवस्थाले अर्काे वर्ष नेपालमा खाद्य सुरक्षाको चुनौती थपिएको छ।
धनकुटाको हिलेबाट काठमाडौँसम्म दैनिक रुटमा चल्ने चण्डीका गाडीका चालक देवीप्रसाद दाहालले दिन बिराएर करिब छ सय किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने हुन्छ । छ सय किलोमिटरको यात्रामा उहाँलाई सबैभन्दा गाडी कुदाउन समस्या हुने खण्ड हो हिले–धनकुटा सडकखण्ड ।