मकवानपुर-हेटौँडा समाचारदाता
हेटौँडा, साउन ३० गते । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै श-या निःशुल्क हुने भएको छ । साउन २२ गतेको बागमती प्रदेश मन्त्रीस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याबिन, एनआइसियु र आइसियुबाहेक अन्य सम्पूर्ण शøया भदौ १ देखि निःशुल्क रूपमा बिरामीलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन भुसालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ देखि लागु हुने गरी कार्यान्वयन गर्न भनिएको छ । बिरामीले प्रतिशøया न्यूनतम २५ रुपियाँदेखि पाँच सय रुपियाँसम्म तिर्दै आएका थिए ।
त्यस्तै प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ । यो सेवा पनि भदौ १ बाट लागु गर्न मन्त्रालयले निर्देशन गरेको छ । मन्त्रालयले सरकारी, निजी, सहकारी र सामुदायिक अस्पताललाई सामाजिक सेवा एकाइ स्थापना गर्न निर्देशन गरेको छ । मन्त्रालयले एकाइमार्फत असहाय, अपाङ्गता भएका, विपन्न, बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्ने निर्णय भएको हुँदा अनिवार्य रूपमा कार्यान्वयन गर्न उल्लेख गरेको छ । निजी स्वास्थ्य संस्थाले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था छ ।
मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीका अनुसार १३ वटा अस्पतालका ८११ शøया निःशुल्क हुने व्यवस्था गरिएको बताउनुभयो । मन्त्रालयका अनुसार हेटौँडा अस्पतालमा १७५ श-या, त्रिशूली अस्पतालमा ९२ श-या, धादिङ अस्पतालमा ७९ श-या, भक्तपुर अस्पतालमा ७५ श-या, चौतारा अस्पतालमा ३६ श-या, मेथिनकोट अस्पतालमा ५१ श-या, बकुलहर रत्ननगर अस्पतालमा ७६ श-या, सिन्धुली अस्पतालमा ७७ श-या, पशुपति चौलागाईं अस्पतालमा ४५ श-या, वज्रवाराही चापागाउँ अस्पतालमा २५ श-या, रसुवा अस्पतालमा १९ श-या, टोखा चण्डेश्वरी अस्पतालमा २५ श-या र रामेछाप अस्पतालमा ३६ श-या निःशुल्क गरिने मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षमा प्रादेशिक अस्पतालमा १८ हजार सात सय बिरामी भर्ना भएर सेवा लिएकामा एक लाख २४ हजार ३५० जनाले ओपिडी सेवा लिएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रादेशिक अस्पतालबाट सेवा लिने सात लाख ५५ हजार २४ जना छन् । मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार भक्तपुर, हेटौँडा, बकुलहर, त्रिशूली, धादिङ अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या धेरै छ ।