सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि कोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो ।
व्यापार तथा यससम्बन्धी नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न सरोकारवालासँग छलफल भएको छ । व्यापारमा प्रोत्साहित गर्ने, लैङ्गिक सोचलाई प्रवर्धन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्रको संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूल प्रवाहीकरण कार्यशाला आयोजना भएको हो ।
काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले जिल्लामा रहेका सङ्घीय कार्यालयले समन्वयबिना कार्यक्रम सञ्चालन गरेकोमा असन्तुष्टि जनाएका छन् ।
नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार यस पटक सुनसान छ । असार दोस्रो सातादेखि बर्दिबासका बुधबारे र शनिबारे हाटमा तामाका मुना र चाना बेच्ने दुई दर्जनभन्दा बढी पसलका लाम लागेका हुन्थे । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको भिडभाड पनि थेगिनसक्नु हुन्थ्यो । बजारको दिन सात क्विन्टलसम्म कारोबार हुने गरेको तामा व्यवसायीको भनाइ छ ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा विकास निर्माणका थुप्रै व्यवधान छन्। जनताका असीमित विकास चाहना सम्बोधन गर्नु हुम्लाका जनप्रतिनिधिका लागि ठुलै चुनौती छ। सीमित स्रोत र साधन भएका हुम्लाका स्थानीय तहले प्रदेश र सङ्घीय सरकारको साथबिना विकास कार्यमा अघि बढ्न सम्भव नभएको अनुभव खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको छ । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक निर्वाचित कर्णबहादुरले सातौँ वर्षको बजेट निर्माण गरिसक्नुभयो । उहाँको भोगाइ छ, ‘नीति तथा कार्यक्रम बाध्यताले राम्रो ल्याइए पनि त्यसको कार्यान्वयन पक्ष कठिन छ ।’ पालिकामा सामूहिकभन्दा व्यक्तिगत सम
लगातारको बर्षाले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा परेको छ। सदरमुकाम दुनै बजारको बिच भएर बग्ने भेरी नदीमा पानीको बहाव बढेपछि सदरमुकामवासी चिन्तित भएका छन्। स्थानीय दिलमाया केसीले भन्नुभयो, “रातभर निद्रा पनि लाग्दैन, कतिखेर बजारमा भेरी पस्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।”
भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा केतन क्षेत्रीको स्वर, कोसिस क्षेत्री र केतनको शब्द तथा सङ्गीत छ ।
चलचित्र ‘नाङ्गो गाउँ’ को गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ । भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको सङ्गीत छ ।
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्तव्यस्त बनेको छ । तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएसँगै पहाडी जिल्लाको जनजीवन प्रभावित भएको हो । सात जिल्ला जोड्ने यस राजमार्गको गोदावरी नगरपालिका–४ स्थित भावर सडकखण्ड क्षेत्र केही दिनदेखि अवरुद्ध छ । केही दिनपहिले सडक खुलाइए पनि वर्षाका कारण पुनः अवरुद्ध भएको छ । त्यस्तै महाकाली र कर्णाली नदीको जलस्तर बढेपछि नदी किनारा तथा तटीय क्षेत्रका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीयवासीले नदीमा पानीको बहाव बढेसँगै बाढीले मानव बस्ती तथा जमिन कटान गर्न थालेकाले ढुवानको समस्या देखिएको बताएका छन् ।
भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धुमधामसँग मनाइने गौरा पर्वका लागि परदेश गएकाहरू घर फर्किन थालेका छन् । रोजगारीका लागि भारत पसेकाहरू झुलाघाट सीमा नाकाबाट घर फर्कन थालेका हुन् । यो वर्ष अगस्तोदयका कारण कतै भदौ ७ गते त कतै भदौ २१ गते गौरा मनाउने तयारी भइरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौरा पर्व मनाउन उपयुक्त रहेको जनाएको छ ।
लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले सोमबार गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् ।
लोकगायिका हरिदेवी कोइराला यतिबेला निकै व्यस्त हुनुहुन्छ । आफ्ना पुराना र नयाँ गरी २१ गीतको म्युजिक भिडियो बनाउन उहाँ जुट्नुभएको छ । पहिला नै रेकर्ड भएका र जनमानसमा लोकप्रिय भएका केही गीतलाई उहाँ म्युजिक भिडियोमा ल्याउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले गीत हेर्ने जमाना आयो । पहिले क्यासेटमा निकालेका गीत संरक्षण गर्न र पछिल्लो पुस्तालाई सुनाउन पनि म्युजिक भिडियो बनाउनैपर्ने भयो ।”
बालबालिकादेखि पाकासम्म अचेल जुम्बा नृत्यमा भेटिन थालेका छन् । मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि जुम्बा नृत्यप्रति आकर्षण बढ्दै गएको हो । जुम्बा नृत्यको ताल र चालमार्फत शारीरिक तन्दुरुस्तीका लागि गरिने एक प्रकारको ‘थेरापी’ हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ । अहिले कतिपय महानगरपालिका वा नगरपालिकाले वडा वडामा जुम्बाको कक्षा सञ्चालन गरिरहेको पाइन्छ । यसबाहेक निजी क्षेत्रबाट पनि यस्ता कक्षा सञ्चालन भइरहेका छन् ।