• १३ साउन २०८१, आइतबार

कपन खोलामा पर्खाल निर्माण गरिँदै (फोटो फिचर)

blog

कपन खोलालाई पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्दै काठमाडौँ महानगरपालिका । तस्बिर : विकाश द्वारे

काठमाडौं, साउन ३० गते । काठमाडौँ महानगरपालिकाले कपन खोलालाई पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्न सुरु भएको छ । काठमाडौँ महानगर र बुढानीलकण्ठको सिमाना छुट्याउने कपन खोलामाथि रहेको सडकलाई महानगरले पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्न सुरु गरेको हो । 

गत शुक्रबार दिउँसो कामठमाडौं महानगर–६ र ७ का वडाध्यक्ष र बुढानीलकण्ठ नगरपालिका–१० र १२ का वडाध्यक्षबीच तीन विषयमा सहमति भएपछि कपन खोला  खोतल्ने काम सुरु भएको थियो ।

काठमाडौँ महानगर–७ का अध्यक्ष विमल होडा, ६ का अध्यक्ष भुवन लामा, बुढानीलकण्ठ–१० अध्यक्ष नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईबीच तीन बुँदे सहमति भएको हो ।


सहमति पत्र अनुसार धोबिखोलादेखि सात तल्लेसम्मको बुढानीलकण्ठ–१० र काठमाडौँ महानगर–७ को सीमा भागमा नापजाँच भई वाल लगाइसकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने भएको छ ।

आवागमन गर्ने स्थानहरू धोविखोला कोरिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरले बेलीब्रिज (पुल) निर्माण गर्ने भनिएको छ । सोही सहमति अनुसार काठमाडौँ महानगरले पर्खाल निर्माण गर्न लागेको हो ।