• १९ पुस २०८१, शुक्रबार

अध्यक्ष तिमिल्सिना र थाई नेपाली सङ्घका पदाधिकारीबीच भेट

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नुहुँदै थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारी । तस्बिर : अध्यक्षको निजी सचिवालय

काठमाडौं, साउन ३० गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा मङ्गलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली नागरिकका समस्याहरू समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिनुभयो ।


थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यानमार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन् । गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्यान्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ ।

गैह्र आवासीय नेपाली सङ्घको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिष र अन्य सुविधाबाट वञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली सङ्घ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताउनुभयो । थाइल्यान्डमा करिब एक लाख नेपाली भाषी नागरिक रहेका छन् ।