त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ ।
भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनु भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानको पहिरो प्रभावितलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।
आँखा पाक्ने तथा दुख्ने सङ्क्रमण बढ्न थालेपछि स्याङ्जामा धमाधम विद्यालयको पठनपाठन बन्द हुन थालेको छ ।
गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरू जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् ।
धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा. रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किनुभएको छ । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज स्वदेश फर्किनुभएको हो ।