काठमाडौँ महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गर्नुभएको थियो ।
बाल साहित्य लेखनमा कलम चलाउँदै आउनुभएका कवि तथा कथाकार सनतकुमार आचार्यको ‘परेवा र सानो बाबु’ बालकथा सङ्ग्रह दोस्रो संस्करण प्रकाशनमा आएको छ । बालसाहित्यको क्षेत्रमा प्रतिभाशाली स्रष्टा आचार्यको यो कथा सङ्ग्रह अङ्ग्रेजीमा पनि अनुवाद भएर प्रकाशित भएका छन् । उनीद्वारा लेखिएका ‘परेवा र सानो बाबु’ कथा सङ्ग्रहभित्र भाइको ज्ञान, बुद्धिमान कुखुरो, भँगेरा र कुकुरलगायत विभिन्न शीर्षकका १० बालकथा सङ्ग्रहहित छन् । पुस्तकको नाम राखिएको ‘परे
हामी सबैका लागि योगको धेरै महत्त्व छ । हरेक दिन बिहान योगका विभिन्न अभ्यास गर्ने बानी गर्ने हो भने हामी सानै उमेरदेखि स्वस्थ बन्न सक्छौँ । हामी साना बालबालिकाका लागि पनि धेरै कुरा गर्न सकिने रहेछ । योगका धेरै प्रकार रहेछन् । बालबालिकाका लागि गर्ने योगले बढ्ने उमेरमा विभिन्न फाइदा हुने रहेछ ।
मेरो देश नेपाल हो संस्कृतिको धनी प्रकृति र सम्पदाले भरिपूर्ण छ नि । सारङ्गी र मुुर्चुङ्गाको कति राम्रो धुन
बहिनी तथा भाइहरू, तपाईंहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा एउटा औंलो ठड्याएको देख्नुभएको होला । यो औँलोले एउटा भन्ने सन्देश दिएको छ । एउटा भनेको एउटा देश भनेको हो । नेपाल पहिला धेरै साना राज्यमा बाँडिएको थियो । यसरी एउटै देश धेरै राज्यमा बाँडिएकाले नेपाल कमजोर भयो । नेपाललाई बाहिरियाले आक्रमण गर्ने खतरा बढ्यो । यस्तो अवस्था देखेपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपालभित्रका ससाना राज्यहरूलाई एकीकरण गरेर एउटै ठूलो देश बनाउने अठोट गर्नुभयो । उहाँले सुरु गर्नुभएको एकीकरण पहललाई उहाँपछिका विभिन्न पुस्ता र व्यक्तिले पनि साथ दिनुभयो ।
काठमाडौँ, माघ २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागितामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् ।
बागलुङको गलकोट नगरपालिका–९ बास्खोलाकी १७ वर्षीया अमृता सुनारले (नाम परिवर्तन) गत वैशाखमा गलकोट नगरपालिका–७ मल्म सिरवारेमा प्रेमविवाह गर्नुभयो। उहाँ कक्षा ९ मा अध्ययन गर्दागर्दै भागेर विवाह गर्नुभएको हो। सुनार हाल आठ महिनाको गर्भवती हुनुहुन्छ। पठनपाठनका लागि नियमित विद्यालय जानुपर्ने उमेरमा उहाँ मासिक गर्भ परीक्षण गर्न मल्म स्वास्थ्य चौकी जानुहुन्छ। आफ्नो गर्भमा रहेको बच्चा र स्वास्थ्य अवस्थाबारे नियमित जाँच गर्ने जानकारी उहाँले विद्यालयबाटै सिक्नुभएको हो।
पाल्पाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन । स्थानीय तहले चोरी निकासी गर्नेमाथि निगरानी तथा कारबाही गर्न नसक्दा ढुङ्गा, गिट्टी तथा बालुवाको अवैध निकासी नियन्त्रणमा आउन नसकेको हो । नदीजन्य पदार्थको अवैध चोरी–निकासी नियन्त्रणका लागि प्रहरीले प्रयास थाले पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सहयोग नहुँदा सो समस्या बढेको हो ।
बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण कार्यलाई अघि बढाएको छ । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्यावृद्धि गर्न प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन गोही संरक्षण अभियानको सुरुवात गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।
नदीजन्य पदार्थ उत्खननको ठेक्का नलाग्दा विकास निर्माणसम्बन्धी काम प्रभावित भएका छन् । नदीजन्य पदार्थ उत्खननका लागि केही स्थानीय तहबाट टेन्डर आह्वान गरिए पनि ठेक्का लाग्न सकेको छैन । ठेक्क लाग्न ढिलाइ हुँदा स्थानीय तहको राजस्व सङ्कलन तथा विकास निर्माणका काममा समेत असर पुगेको छ । राजस्वको प्रमुख आयस्रोतको रूपमा रहेको नदीजन्य पदार्थ उत्खननको टेन्डर नपरेपछि स्थानीय तहको बजेटसमेत प्रभावित भएको छ ।
वाईपी कन्स्ट्रक्सन प्रालिले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले पेस्की रकम फिर्ता र कम्पनीको धरौटी रकम जफत गरेको छ। कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवानासमेत तोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको सो कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले दुई करोड ६० लाख पेस्की रकम र ७२ लाख धरौटी रकम जफत गरेको हो। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि पेस्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरिएको हो।
कर्णालीबाट देशका विभिन्न सहरमा खसी पठाउँदै आएका व्यवसायी पशु स्वास्थ्य ऐन अभावमा कानुनी झन्झटै बेहोर्दै आएका छन्। पशु स्वास्थ्य ऐन २०५५ र निमावली २०५६ मा तोकिएको सर्तमा हिमाली क्षेत्रबाट मुलुकका सहरी क्षेत्रमा निर्यात गरिने खसीबोका लैजान निकै समस्या भएको छ। पशु अस्पताल तथा पशुसेवा कार्यालय कालीकोटका निमित्त प्रमुख लक्ष्मीप्रसाद अधिकारीले पुरानो पशु स्वास्थ्य ऐन नै अपूरो भएको र नयाँ ऐन अहिलेसम्म नआएकाले व्यापारीसँगै दुर्गममा काम गर्ने कर्मचारीसमेत समस्यामा रहेको बताउनुभयो।
पहिलो पटक भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ। जग्गा नापजाँचको काम सकिएपछि राष्ट्रिय भूमि आयोगले लालपुर्जा वितरण गर्न थालेको हो। बुधबार आलीताल गाउँपालिका–८ का २१ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेर भण्डारीले जानकारी दिनुभयो। भूमिहीन सुकुम्बासी परिवारलाई आलीताल गाउँपालिका–८ को कार्यालयमा बोलाई लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो।
बाजुराको सदरमुकाम मार्तडी–कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको छ। २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुईवटा ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका थिए। धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका हुन्।