• १९ पुस २०८१, शुक्रबार

स्वास्थ्य मन्त्री र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकबीच भेट

blog

काठमाडौं, साउन २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक ह्याम्डीबीच शिष्टाचार भेट भएको हो ।

भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्नाले आवश्यक सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।

त्यस्तै, मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूलाई धन्यवाद दिनुहुँदै भविष्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।