शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । महासङ्घको विधान अनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अघि बढाइएको हो ।
विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ ।
अध्यक्ष पद स्वतः सुनिश्चित भए पनि अन्य पदाधिकारी पदमा भने तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनमा मुख्य रूपमा दुई प्यानल बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य कार्यकारी पदमा आफ्नो प्यानलको वर्चस्व कायम गर्न दुवै समूहबिच प्रतिस्पर्धा भइरहेको छ ।