• ३१ वैशाख २०८२, बुधबार

एमाले सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोक्यो

blog

सोमबार बसेको नेकपा (एमाले) को सचिवालय बैठक ।

काठमाडौं, साउन २९ गते । नेकपा (एमाले) को सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते, मधेशमा असोज ५ र ६ गते, बागमती प्रदेश अधिवेशन असोज ८, ९ गने गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

एमालेले असोज महिनाभित्र १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गने उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।

उहाँले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक सय केजीभन्दा बढी सुन प्रकरण र यससँग जोडिएका अन्य प्रकरणले देशको राजनीतिक, अर्थतन्त्रलाई धेरै अप्ठ्यारो ठाउँमा धकेल्दै लगेको निष्कर्ष सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “यो छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति बन्न अनिवार्य छ । किनभने जति ढिलो हुँदै छ, त्यति प्रमाण नष्ट हुने । सीआईबीले गोदाम खोजतलास गर्छ कारखाना भेटिन्छ तर सुन भेटिँदैन प्रमाण नष्ट हुने स्थिति बन्दै गएको छ । यसको जरैसम्म पुगेर यो विषय निर्मूल गरिनुपर्छ ।”

एक ठाउँबाट अर्को ठाउँमा सुन सप्लाई गर्ने विषयले राष्ट्रिय सुरक्षाको विषय भएको उहाँको भनाइ छ । उहाँले प्रतिपक्षको आवाज दबाउन खोजेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल हुने एक ठाउँबाट उद्गम भएर अर्को ठाउँमा सप्लाई हुने विषय राष्ट्रिय सुरक्षाको विषय भएकोले । प्रतिपक्षको आवाज दबाउन खोजेको छ । यसमा संलग्न मन्त्रीले राजीनामा दिनुपर्छ भनेर, सरकारको संलग्नता भएको बहुत प्रष्ट भएको छ ।”

उहाँले देशव्यापी रूपमा बाढीपहिरोले राष्ट्रिय राजमार्ग र ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले प्राकृतिक विपद्का कारण सयौँ घरबारविहीन, पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनाका लागि ध्यानाकर्षण गराइएको बताउनुभयो ।