नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज बनाइनुपर्ने र अवैध चोरी पैठारी रोकिनुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ ।
बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा सुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै देखिएको छैन ।
नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय बैठकमा सरकार फेरबदलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । बितेका एक सय वर्षमा यति भीषण एवम् भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बैठक तत्काल राख्न माग गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा केही बेरदेखि जारी रहेको छ ।
नेपाल शिक्षक महासङ्घले गुल्मीका सबै स्थानीय तहमा धर्ना दिएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो ।
सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।
पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता भएका छन् । निगुरो टिप्न गएका गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षीय निम्दोर्जे शेर्पा र उहाँका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ।