• ७ मंसिर २०८१, शुक्रबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

blog

काठमाडौं, साउन २८ गते । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रु. तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ बराबरको कारोबार भएको छ ।

वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त र अन्य समूहका उपसूचक क्रमशः एक दशमलव ३०, १० दशमलव ३४, १३ दशमलव ५५ र शून्य दशमलव १८ अङ्कले घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह दुई सय ४१ दशमलव ५७ र होटल तथा पर्यटन समूह एक सय सात दशमलव ५० अङ्कले बढेका छन् ।

त्यस्तै, बैङ्किङ १३ दशमलव ६१, विकास बैङ्क २१ दशमलव ३०, जलविद्युत् १८ दशमलव ५१, लगानी शून्य दशमलव ३०, जीवन बिमा ५८ दशमलव १३ र व्यापार समूह शून्य दशमलव ०८ अङ्कले बढेका छन् । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रु. ५८ करोड ४५ लाख ६१ हजार चार सय बराबरको १९ लाख ४८ हजार पाँच सय ३८ कित्ता किनबेच भएको छ । रासस