वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सम्मानित गरिएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।
हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।
शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
तीन दिनदेखि परेको पानीसँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट नेपाल टार खण्डमा आइतबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिराेले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो ।
श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडा गाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिङ््गो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडक खण्ड ९६ किमीको छ ।
म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् ।
एक साता देखि निरन्तर परेको पानी आइतबार बिहानैदेखि निरन्तर परी रहेको छ । देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा धेरै वर्षा भई रहेका क्षेत्रको ताजा तथ्याङ्क मापन गर्दै आएको छ ।
रुपन्देहीको पश्चिम क्षेत्रमा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार कोरा साइक्लिङ च्यालेन्ज भएको छ। साइकलबाटै १२५ देशको यात्रा गरेका विश्व साइकलयात्री अजित बरालको आतिथ्यमा भएको कोरा साइक्लिङ सैनामैना नगरपालिकाका साथै कञ्चन गाउँपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो।
खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।
समसामयिक राजनीतिक घटनाक्रम बारे नेकपा (एमाले)ले आफ्नो पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीले आज(आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी धारणा सार्वजनिक गर्ने जनाएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा बस्ने भएको छ ।