• २२ वैशाख २०८३, मङ्गलबार

यस्तो छ धेरै वर्षा भइरहेको क्षेत्रको ताजा विवरण

blog

काठमाडौँ, साउन २८ गते । एक सातादेखि निरन्तर परेको पानी आइतबार बिहानैदेखि निरन्तर परिरहेको छ । देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता जल तथा मौसमविज्ञान विभागको  बाढी पूर्वानुमान महाशाखा धेरै वर्षा भइरहेका क्षेत्रको ताजा तथ्याङ्क मापन गर्दै आएको छ ।

देशैभर भारी वर्षा भइरहे पनि महाशाखाको तथ्याङ्क हेर्दा बबई, नारायणी र बागमती क्षेत्रमा सतर्कता तह पार गरेको छ । नदी तथा खाना ठाडो खोला लगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन विज्ञप्तिमार्फत महाशाखाले अनुरोध गरेको छ । 

भारी वर्षाले सतर्कता तह पार गरेको क्षेत्रको ताजा विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।