पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।
वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो ।
एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल खेलकुद महासङ्घ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समावेश नगरे सरकारमा बसिरहनु जरुरी नभएको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ ।
फिदिम फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसोदेखि कालीगण्डकी कोरिडोरमा पहिरो खस्ने क्रम रोकिएको छैन । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडकखण्डको ठुलाखोलामा सडक माथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम शनिबार दिउँसोसम्म नरोकिएपछि सडक अवरुद्ध भएको हो ।
भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर पुनः अवरुद्ध भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशको सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि प्रदेशका सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।
नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिंह शनिबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको उपाधि जित्नुभएको छ ।
आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका–१ सङ्क्रान्ति गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।