नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसको संसदीय दलको बैठक बिहीबार दिउँसो १ बजे बस्ने मिति तय भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीको निर्देशनमा नेपालका अर्थतन्त्र निर्माण हुने गरेको दाबी गर्नुभएको हो।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।
राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो ।
मधेश प्रदेश सरकारबाट विगतमा कामकाज गरेको ठेकेदार र उपभोक्तालाई करिब एक सय करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ।
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले नेकपा (माओवादी केन्द्र) को पार्टी सदस्य र जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै उहाँले सो घोषणा गर्नुभएको हो ।
टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।
कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।
रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।
जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।
दोलखाको स्थानीय तहमा जग्गा वर्गीकरण बारेमा अन्योल देखिएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाले मात्र भूवर्गीकरण गरेका छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतदानको गणना सुरु भएको छ। निर्वाचनमा तीन सय ४ मत खसेको थियो ।