हालै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष युवराज ज्ञवालीद्वारा लिखित ‘आधुनिक युगको लोकतन्त्र’ नामक पुस्तकको बजारमा आएको छ । कुल १४३ पृष्ठको उक्त पुस्तकलाई लेखकले १९ परिच्छेदमा विभाजित गर्नुभएको छ । मनुष्यलाई आदिम युगदेखि दास युग, सामन्ती युग, पुँजीवादी तथा समाजवादी युग हुँदै अहिलेको लोकतान्त्रिक युगसम्म आइपुग्नमा के–कस्ता चरणहरू कसरी पार गर्नु प¥यो भन्ने तथ्यको लेखाजोखा सर्वसाधारण नेपालीहरूले बुझ्ने गरी पुस्तकमा प्रस्तुत गरिए
कुनै माझी नहुँदा, नजिक किनारा नहुँदा म डुबेँ बिच नदीमै तिम्रो सहारा नहुँदा । निभायौ तिमीले मेरा आशाका ती बत्तीहरू छल्लिएँ एक्लै बाटोमा जून र तारा नहुँदा ।
काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब २० किलोमिटर दक्षिणमा बेथानचोक गाउँपालिका अवस्थित छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछि पहिलो वर्षमा
हिमाल हास्छ, पहाड नाच्छ, तराई झुल्दछ यही हिमाल, पहाड, तराईसँग नेपाल खेल्दछ धानको बाला, तराई झुल्दा मधेश उज्यालो तोरीको फूल पहेँलै फुल्दा यो मन रमायो ।
सम्झाएर नरुवाऊ आफैँ सम्झी रोउँला रोइरोई थाकेपछि आफैँ टोलाउँला । ओसिएको कालो बादल यताउता सर्ला थोरै पनि हावा चले थोपा बनी झर्ला
अमेरिकाको टेक्सस राज्यको एउटा ठुलो सहर– डालस । अग्ला अग्ला भवनहरू, मिलेको सडक, बाक्लो गाडीहरूको ओहोरदोहोर अनि पातलो मान्छेको हिँडाइ । २०२२ फेब्रुअरी १० तारिखको दिन । हामीहरू त्यहाँ पुग्दा दिनको ३ बजेको छ । हामीहरू तीन जना छौँ । श्रीमती भगवती, बहिनी वीना र म । हाम्रो गन्तव्य छ– तिनै अग्ला भवनमध्ये एउटा भवनको भुइँतला । त्यो भुइँतलाको पसल धनी हुन्– मोहन ज्ञवाली । हामीहरू तीन जना तिनै मोहनजीको निमन्त्रणामा त्यहाँ पुगेका छौँ । उनले मलाई फोनमा भनेका थिए–
जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी ।
तीनै शब्द यी अनुप्रासयुक्त ! सगं – सगुन – सराजाम (सामग्री) ! अनुप्रासयुक्त शब्द पुञ्ज आह्लादयुक्त ! मनै स्वच्छ, सदाबहार लाग्छ । मन बहलाउँदो ! स्वच्छानन्द दायक ! नौलो स्वच्छानन्दका स्रोत – मूलाधार ! चिन्तनभित्रका प्रवाहका आधार ! यस्तैमा विभोर बन्छु । विभोर बन्न सक्नु आनन्दसार जीवन ! आनन्दसार जीवन सुखद बँचाई ।
चलचित्र निर्माण एक रचनात्मक विधा हो । रचना राम्रो भयो भने सामान्य विषयवस्तुमा बनेका चलचित्र पनि उत्कृष्ट ठहरिएका छन्, जसका लागि गहिरो अध्ययन, साधना र अनुभव अनिवार्य ठानिन्छ । मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका चलचित्र सफल ठहरिएका छन् । समाजको वास्तविकतालाई टपक्कै
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
बेनी–जोमसोम सडक पाँच दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैंसरीमा पहिरो रोकथाम गर्न कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आइतबार देखि बिहीबार सम्म बन्द गरिने भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप एक वर्ष म्याद थप भएको छ। सुरुवाती ठेक्का सम्झौता अनुसार साउनमा सडक विस्तारको काम सकिनुपथ्र्यो तर समयमै काम नसकिएपछि दोस्रो पटक थप एक वर्षका लागि म्याद थप गरिएको हो। पश्चिम खण्डको म्याद साउन २१ गते सकिएको हो। पश्चिम खण्ड निर्माणको म्याद ३५० दिन थप गरिएको हो। पूर्वी खण्डको म्याद भदौ ११ मा सकिने भएकाले पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को म्याद ३३० दिन थप्ने तयारी गरिएको छ।
विराटनरमा आगामी भदौदेखि सवारी चार्जिङ स्टेसन सञ्चालनमा आउने भएको छ । विराटनगर–११, बसपार्क परिसरमा निर्मित चार्जिङ स्टेसन प्राविधिक परीक्षणपछि सञ्चालनमा आउने छ ।
दाङका १० स्थानीय तहका न्यायिक समितिमा एक वर्षको अवधिमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहका वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका १० वटै तहका न्यायिक समितिमा ६८४ वटा उजुरी परेका हुन् । न्यायिक समितिमा परेका ६८४ वटा उजुरीमध्ये ४७३ वटा उजुरीमा मिलापत्र गरिएको छ। गत आव जिल्लामा सबैभन्दा बढी उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १३४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम उजुरी राजपुर गाउँपालिकामा १६ वटा मात्रै उजुरी परेका छन् ।