सम्झाएर नरुवाऊ आफैँ सम्झी रोउँला
रोइरोई थाकेपछि आफैँ टोलाउँला ।
ओसिएको कालो बादल यताउता सर्ला
थोरै पनि हावा चले थोपा बनी झर्ला
यसै गरी बर्सने मन फेरि बर्साउँला
रोइरोई थाकेपछि आफैँ टोलाउँला ।
आधार झ-यो गाह्रो प-यो मेरो द्यौता म-यो
सगरले बगरमा थिची गर्नु ग-यो
सम्झनाका द्यौतालाई सम्झिएरै धोउँला
रोइरोई थाकेपछि आफैँ टोलाउँला ।
सम्झाएर नरुवाऊ आफैँ सम्झी रोउँला
रोइरोई थाकेपछि आफैँ टोलाउँला ।